aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

निषेधाज्ञामा उपभोक्तालाई राहत, फ्याक्ट्री कै मूल्यमा दशरथ ग्रोसरीको होम डेलिभरी

  • बिजय फुयाँल
    बिजय फुयाँल
  • विहीबार, ३० बैशाख २०७८
निषेधाज्ञामा उपभोक्तालाई राहत, फ्याक्ट्री कै मूल्यमा दशरथ ग्रोसरीको होम डेलिभरी

काठमाडौं। हाल देशमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी रहेको अवस्था छ। निषेधाज्ञाको यस समयमा अत्यावश्यक कामले वाहेक घरबाट निस्कन पाउँदैन । यस्तो अवस्थामा सरकारले दैनिक जीवनमा अत्यावस्यक पर्ने खाद्यान्न खरिद बिक्रीको लागि पसल खोल्ने सीमित समय  छुट्याएको छ । 

सीमित समयले गर्दा खाद्यान्न पसलहरुमा बिना स्वास्थ्य मापदण्ड अधिक भिडभाड हुने गरेको छ। यस्तो संवेदनशील घडीमा  संक्रमणको जोखिम त एकातिर छदै छ । अर्को तर्फ केही सीमित व्यापारीहरूले खाद्यान्नको कृतिम अभाव गराई उपभोक्ताको ढाड सेक्ने काम गरेका छन्।  
 
यस्तो समस्याबाट छुटकारा दिने उद्देश्यले पछिल्लो समयमा उपभोक्तालाई घरमै अनलाइन मार्फत सामान बिक्री गर्ने व्यवसाय फस्टाएको छ । तर, अधिकांश होम डेलिभरी गर्ने सप्लायर्सहरूले अत्यावश्यक लिस्टमा नपर्ने सामान मात्र अधिक डेलिभरी गर्ने गरेको देखिन्छ । निषेधाज्ञाको यो समयमा अत्यावश्यक खाद्यान्नको डेलिभरी गर्ने सप्लायर्सहरुले भने सीमित मात्रामा यो सेवा दिइरहेका छन्। यस्तै पछिल्लो समयमा खाद्यान्नको  होम डेलिभरी गर्ने ग्रोसरी मध्येको एक हो, दशरथ ग्रोसरी । 

करिब डेढ वर्ष अगाडी कोरोना महामारीका कारण पेसा, व्यापार व्यवसाय गुमाएका मानिसहरू समेटेर स्थापना भएको यस ग्रोसरीले हाल उपत्यकाको सात ठाउँबाट उपभोक्ताको दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्नहरु बिक्री गर्दै आएको दशरथ ग्रोसरीका म्यानेजीङ डाइरेक्टर  दशरथ खनाल बताउँछन्।
‘अहिले हामीले दाल,चामल, गेडागुडी,खाने तेल,पिठो, चिनी, बिस्कुट लगाएत उपभोक्ताको दैनिक जीवनमा प्रयोग हुने अत्यावस्यक खाद्य सामाग्रीहरु फ्याक्ट्रीकै मूल्यमा उपभोक्ताहरुलाई बिक्री गरिरहेका छौँ ।’ उनले भने, ‘हाल यो सेवाहरु उपत्यकाको हरहर माहदेब, ग्वार्को, भैंसेपाटी, जागती, इमाडोल र ललितपुरको सिद्धिपुर र लुभुमा सञ्चालनमा रहेको छ । उपभोक्ताले आफूलाई पायक पर्ने यी जुन सुकै आउटलेटबाट फ्याक्ट्री कै मूल्यमा सामानहरू खरिद गर्न सक्नु हुनेछ ।’ 

उत्पादकसँग सिधै वस्तु खरिद गरेर उपभोक्तामा सामान बेच्दै आएको दशरथ ग्रोसरीले निषेधाज्ञाको यो संवेदनशील घडीमा पनि घर घरमै सामानहरू होम डेलिभरी गर्दै आएको खनाल बताउँछन्। उनी भन्छन्, ‘अहिले हामीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गर्दै  हाम्रा आउटलेटबाट ३ किलोमीटर सम्मको दूरीमा फक्ट्रीबाटै किनेको मूल्यमा खाद्यान्न  बिक्री गर्दै आएका छौँ ।’  उनले थपे, ‘आउटलेट नजिकै घर भएका हरूले त सम्बन्धित पसलमै आएर खरिद गर्न सक्छन् तर अलि अलि टाढा रहेका उपभोक्ताको लागि भने  बिहान १० बजे सम्म र बेलुकी अत्यावस्यक परेको  अवस्थामा  ४ बजे पछाडि समेत डेलिभरी गर्ने व्यवस्था गरेका छौँ।’

सप्लायरले बिना कारण कृत्रिम अभाव सिर्जना गर्ने र मूल्य बढाउने गरेको देखेर त्यसबाट उपभोक्तालाई केहीहद सम्म भए पनि राहत दिने  उद्देश्यले यो व्यवसाय सुरु गरेको उनले जिकिर गरे।

छोटो समयमा नै सीमित उपभोक्ताको भए पनि मन जित्न सफल  भएको गर्व गर्दै खनाल भन्छन्, ‘फ्याक्ट्रीबाट म एक जनाले मात्र खाद्यान्न  किन्ने कुरा भएन । त्यसैले केही लगानीकर्ता जम्मा गरेर  ठाउँ –ठाउँमा ग्रोसरीको आउटलेट खोलेर  फ्याक्ट्री टु होमको  योजना बनाएँ।’ पुराना कुरा सम्झिँदै उनी अगाडी थप्छन्, ‘यस्तो योजना उपभोक्तालाई मन नपर्ने कुरै भएन अनि  एउटा समूह बनाए।’
 
वस्तुको मूल्य नबढोस् भन्नका लागि छुट्टै विधि अपनाएको  दाबी गर्दै खनालले भने, ‘हाम्रा पसलमा अनावश्यक ढंगले सजावटमा खर्च गरेका छैनौँ । त्यसैले वस्तुको मूल्यमा थप भार थपिँदैन ।’ अनावश्यक सजावटले उपभोक्तालाई नै बढी भार पर्ने भन्दै उनले थपे, ‘आखिर जतिसुकै पसल सजावट गरे पनि आखिर चामल त उद्योगबाट प्याकिङ भएको बोरामै हुने हो । त्यसैले पसल सजाएर किन हरेक बोरा चामलमा त्यसको मूल्य जोड्नु भन्ने हाम्रो भनाइ हो ।’ 

वीरगन्ज, भैरहवा, विराटनगरका उद्योगहरूबाट सिधै वस्तु ल्याउने गरेको उनी बताउँछन् । यो वर्षभरिमा देशभरि १०० वटा यस्ता पसलहरू राख्ने उनको योजना रहेको छ । जब काठमाडौं उपत्यकाभरि ५०० भन्दा बढी यस्ता आउटलेट खुल्छन् तब मात्रै अनलाइन अर्डरलाई  पुरै व्यवस्थित ढंगले अगाडि बढाइने खनालले बताए।  उनले भने, ‘अहिले हाम्रो मुख्य उद्देश्य भन्नु नै उपभोक्तालाई फ्याक्ट्री कै मूल्यमा सामान उपलव्ध गराउनु हो। परिस्थिति अलि सहज भए पछि होम डेलिभरीलाई पनि दुप्त गतिमा अघि बढाइने छ।’ 

प्रतिक्रिया दिनुहोस