aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कम्तिमा सय वेड भएका सबै निजि अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नूः स्वास्थ्य मन्त्रालय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० बैशाख २०७८
कम्तिमा सय वेड भएका सबै निजि अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नूः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तिमा सय वेड भएका सबै निजि अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न आग्रह गरेको छ । मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले बिहिबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेका हून् ।

सूचनामा भनिएको छ- कोरोना भाइरसको संक्रमण तिव्र गतिमा बढ्दै गएको वर्तमान अवस्थामा जटिल प्रकृतीका संक्रमितको चाप र मृत्युदर बढेको अवगतै छ । जटिल प्रकृतिका संक्रमितहरुको उपचारका लागि अतिआवश्यक पर्ने मेडिकल अक्सिजनको माग दिनानुदिन बढीरहेको र आपूर्ति प्रक्रिया दिनानुदिन थप जटिल बन्दै गएको छ । यस्तो महामारीको समयमा अक्सिजन जस्तो अत्यावश्यक वस्तुको आपूर्ति व्यावस्थामा असर पर्न नदिन कम्तिमा सय वेड भएका सम्पूर्ण निजि अस्पतालहरुले अस्पतालमा आजको मितिले १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गरी यस मन्त्रालयमा जानकारी गराउन अनुरोध छ । 

प्रतिक्रिया दिनुहोस