aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

मस्कको एउटा ट्विटले बिटक्वाइनको मूल्यमा भारी गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ बैशाख २०७८
मस्कको एउटा ट्विटले बिटक्वाइनको मूल्यमा भारी गिरावट

एजेन्सी। इलेक्ट्रिक कार कम्पनी टेस्लाका मालिक इलोन मस्कको एउटा ट्विटले बिटक्वाइनको मूल्यमा भारी गिरावट आएको छ। जलवायु परिवर्तन सम्बन्धी चिन्तालाई ध्यानमा राख्दै बिटक्वाइनबाट सवारी खरिद गर्ने योजना रद्द गरेको उनले ट्विट मार्फत सार्वजनिक गरेका थिए । 

मक्सको सो ट्विटका कारण बिटक्वाइनको मूल्यमा १० प्रतिशतले गिरावट आएको छ।

गत मार्चमा टेस्लाले क्रिप्टोकरन्सी मार्फत गाडीहरूको खरिद बिक्री गर्ने घोषणा गरेपछि यसको मूल्यमा ठुलो उत्साह थपिएको थियो। तर,धेरै पर्यावरणविद् र लगानीकर्ताहरूले टेस्लाको यस कदमको विरोध गरे। फेब्रुअरीमा यी कार निर्माताले भने कि उनले डेढ अर्ब डलरको डिजिटल मुद्रा किनेका छन्। तर, सो बिहीबार कम्पनीले आफ्नो निर्णय फिर्ता लिइयो।

इलोन मस्कले यसको बारेमा लेखेका छन्, "हामी बिटक्वाइन उत्पादन र कारोबारको लागि जीवाश्म इन्धनको बढ्दो प्रयोगबारे चिन्तित छौँ। विशेष गरी कोइलाको प्रयोगबाट जसले सबैभन्दा बढी कार्बन उत्सर्जन गर्छ। क्रिप्टोकरन्सेको विचार एकदम राम्रो छ तर यसको यो वातावरणीय मूल्य  चुकाउन हुँदैन। "

मस्कले यो पनि स्पष्ट पारेका छन् कि उनी कम्पनीले खरिद गरेको बिटकोइनहरू बेच्ने छैनन्। तर टेस्लाले यसको प्रयोग गर्ने छ जब दिगो ऊर्जा खननका लागि प्रयोग गरिन्छ। कम्पनीका लगानीकर्ताहरू जलवायु परिवर्तनबारे चिन्तित छन्।

क्याम्ब्रिज विश्वविद्यालयको वैकल्पिक वित्त केन्द्रले बिटक्वाइनमा कति बिजुली खपत हुन्छ भन्ने सूचकाङ्क राखेको छ। यसले स्पष्ट पार्छ कि बिटक्वाइनको माइनिङमा कम्प्युटर पावर कति प्रयोग हुन्छ। यो नेटवर्कमा हुने बिधुतको खर्च मलेसिया वा स्विडेनमा प्रयोग गरिएको वार्षिक शक्ति भन्दा बढी हो।

बिटक्वाइनका समर्थकहरू भन्छन् कि यो शक्ति नवीकरणीय ऊर्जाबाट उत्पन्न भएको हो, तर तथ्य यो हो कि प्रायः क्रिप्टोकरन्सी व्यवसायहरू चीनमा छन् जहाँ ऊर्जाको मुख्य स्रोत कोइला हो।

प्रतिक्रिया दिनुहोस