
काठमाडौ। अन्ततः ५ मिलियन डलर फिरौती रकम तिरेर अमेरिकाको इन्धन आपूर्ति गर्ने महत्त्वपूर्ण पाइप लाइनलाई ह्याकरको कब्जाबाट मुक्त गरिएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार क्रिप्टोकरेन्सिमा यो भुक्तानी गरिएको हो।
तर, अमेरिकी अधिकारीहरूले भने फिरौती रकम तिरेको औपचारिक रूपमा स्वीकार गरेका छैनन्। ब्लुम्वर्गले समाचारमा उल्लेख गरे अनुसार अघिल्लो शुक्रवार अर्थात् पूर्वी युरोपमा रहेको आशङ्का गरिएका ह्याकरले आपूर्ति प्रणालीमा कब्जा जमाएको केही घण्टामा नै उनीहरूलाई फिरौती बुझाइएको हो। तर, वासिङ्टन पोष्टले भने कम्पनीले पैसा नतिर्ने निर्णय गरेको समाचार लेखेको थियो।
ब्लुम्बर्गको समाचारमा बताइए अनुसार फिरौती रकम तिरेपछि उनीहरूले प्रणाली पुन सञ्चालन गर्न आवश्यक जानकारी दिएका थिए। तर, त्यसलाई पूर्ववत् अवस्थामा ल्याउन केही दिन समय लागेका कारण बुधवारबाट मात्र सो पाइपलाईनले आपूर्ति सुचारु गरेको हो।
अमेरिका कै एक महत्त्वपूर्ण इन्धन आपूर्तिकर्ता यो पाइपलाईनमा भएको पछिल्लो साइबर ह्यकिङ्ग लाई हालसम्म भएका यस्ता हमला मध्ये सर्वाधिक जोखिमयुक्त भनी टिप्पणी गरिएको छ।
प्रतिक्रिया दिनुहोस