aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

कोभिड-१९ लाई सामना गर्ने बजेट ल्याउछौं: अर्थमन्त्री पौडेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ बैशाख २०७८
कोभिड-१९ लाई सामना गर्ने बजेट ल्याउछौं: अर्थमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन । अर्थ मन्त्रालयमा पदबहालीपछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड-१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पकासाथ बजेट ल्याउने बताएका हुन । 

उनले कोभिड(१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड-१९ विरुद्धको लडाईँलाई थप सघन र प्रभावकारी बनाउने बताए । अर्थमन्त्री पौडेलले कोभिड(१९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । 

पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका थिए ।  पदभार ग्रहण गर्नुअघि अर्थमन्त्री पौडेललाई अर्थसचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, सहसचिवहरु लगायतले स्वागत गरेका थिए। 


 
 
 

प्रतिक्रिया दिनुहोस