aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ जेठ २०७८
एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

काठमाडौं । नेकपा (एमाले)का शीर्ष नेताहरुले दलभित्र देखिएको विवाद समाधान कार्यदल गठन गर्ने सहमति  गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएका छलफलमा दलमा देखिएको विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो । 

बैठकपछि पत्रकारसंँग कुरा गर्दै एमालेका नेता भीमबहादुर रावलले एकता कायम राखी दललाई अगाडि बढाउन  गम्भीर छलफल भएको बताए । “२०७५ जेठ ३ गतेभन्दा अगाडिको एमालेको स्थितिलाई आधार मानेर अगाडि बढ्ने कुरा भयो, ” नेता रावलले भने, “ त्यसका  लागि कार्यदल बनाइने छ, कार्यदलका सदस्यको नाम अध्यक्ष ओली र नेता नेपालले तय गर्नुहुने छ  ।”

उनका अनुसार  छलफल फेरि अगाडि बढाइने छ  । शुक्रबारको  छलफलमा पार्टी अध्यक्ष ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेता भिव रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजीपन्तलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस