aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कर नतिर्ने १३१ व्यवसायी आन्तरिक राजस्वको फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ बैशाख २०७६
कर नतिर्ने १३१ व्यवसायी आन्तरिक राजस्वको फन्दामा

आन्तरिक राजस्व कार्यालय बाँकेले १३१ व्यवसायीलई कर बक्यौता रकम दाखिला गर्न ताकेता गरेको छ । आज एक सूचना प्रकाशित गरेर आन्तरिक राजस्व कार्यालय बाँकेले आयकर र मूल्य अभिवृद्धिकरमा दर्ता भएका बाँके र बर्दियाका ंं१३१ व्यापारी तथा व्यवसायीलाई १५ दिनभित्र बक्यौत कर तिर्न भनेको छ ।

१५ दिन भित्र नतिरे उनीहरुलाई कारबाही गरिने आन्तरिक राजस्व कार्यालय बाँकेले जनाएको छ  । उनीहरुलाई कार्यालयले पटक-पटक पत्राचार तथा फोन गर्दा समेत बक्यौता रकम दाखिला गर्न नआएको र कतिपय करदाता सम्पर्कमा समेत नआएकाले उनीहरुको नाम प्रकाशित गरेर कार्यालयले सूचना नै जारी गरेको छ । 

१५ दिनभित्र कर तिर्न नआए ती व्यवसायीको आयात निर्यात रोक्का गर्ने, बैंक खाता रोक्का गर्ने, चल/अचल सम्पत्ति रोक्का तथा लिलाम बिक्री गरी कानुनी कारबाही गरिने जनाइएको छ । सरकारले पछिल्लो दिनमा कर नतिर्नेलाई सार्वजनिक सूचना जारी गदै ताकेता गर्न थालेको छ । 

प्रतिक्रिया दिनुहोस