
नयाँ दिल्ली । मे महिनामा राज्यहरू, केन्द्र शासित प्रदेशहरू र निजी अस्पतालहरूलाई ८ करोड भन्दा बढी कोभिड १९ खोप उपलब्ध गराइने छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार केन्द्रीय सरकारले मे १६(३१ को बिच राज्य र केन्द्र शासित प्रदेशहरुलाई करिब १.८२ करोड खोप खुराक निःशुल्क उपलब्ध गराइने छ।
यसै गरी मे १(१५ सम्म केन्द्र सरकारले राज्य र केन्द्र शासित प्रदेशहरूलाई १.७ करोड (१७ मिलियन) भन्दा बढी खोप खुराक उपलब्ध गराएको छ।यसका अतिरिक्त मे २०२१ को महीनामा राज्य र निजी अस्पतालहरूलाई प्रत्यक्ष खरीदका लागि कूल ४.३९ करोड(४३.९ मिलियन) भन्दा बढी खोप उपलब्ध थियो।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मे महिनामा ८ करोड भन्दा बढी खोप खुराक उपलब्ध गराइएको छ।यसबाहेक, केन्द्रले यस बर्ष अगस्ट र डिसेम्बर बीच दुई अरब (२१६ करोड) भन्दा बढी खोप खुराक निर्मित हुने पनि जानकारी दिएको छ। थप रूपमा, अन्य विदेशी खोपहरू पनि यस अवधिमा उपलब्ध हुन सक्ने बताएको छ।
मे १ देखि थालिएको रणनीति अन्तर्गत उपलब्ध कोविड १९ भ्याक्सिनको ५०५ डोज भारत सरकार च्यानलबाट राज्य सरकार र केन्द्र शासित प्रदेशहरुलाई निस् शुल्क रूपमा आपूर्ति गर्न निर्धारित गरिएको छ। बाँकी ५०५ राज्यहरु र केन्द्र शासित प्रदेशहरु र निजी अस्पतालहरु द्वारा खोप निर्माताहरु बाट प्रत्यक्ष खरीद को लागी उपलब्ध छन्।
अर्को पन्ध्र दिन मा निस् शुल्क खोप खुराक को वितरण बारे जानकारी दिदैं स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एक विज्ञप्तिमा भन्यो, मे १६(३१ सम्म १९१.९९ लाख कोविशिल्ड र कोभ्याक्सिन राज्य र केन्द्र शासित प्रदेशहरूमा निस् शुल्क प्रदान गरिनेछ। यसमा १६२.५ लाख कोभिशिल्ड र २९।४८ लाख कोभाक्सिन समावेश हुनेछ।
यस विनियोजनको वितरण समय तालिका अग्रिम रुपमा साझा गरिनेछ र सम्बन्धित अधिकारीहरुलाई उचित मात्रामा विनियोजित खोपको सदुपयोग गर्न र खोपको खेर न्यूनीकरण गर्न निर्देशन दिन राज्यलाई अनुरोध गरिएको छ।
ूराज्योंरकेंद्र शासित प्रदेशलाई १५ दिनको लागि निस् शुल्क खोप उपलब्ध गराउनु र त्यसको बारे अग्रिम सुचना दिनुको भारत सरकारको उद्देश्य निस् शुल्क खोपको विवेकपूर्ण र उचित उपयोगको लागि प्रभावकारी योजना बनाउन राज्य सरकारलाई पर्याप्त समय उपलब्ध गराउनु हो। यी खोप विशेष रुपमा ४५ वर्ष भन्दा माथिका उमेर समूहका मानिस, स्वास्थ्य कर्मी र फ्रन्टलाइन वर्कर्स को लागि उपलब्ध गराइएको हो।ू स्वास्थ्य मन्त्रालयले बताए।
यसैबीच, देशभरि दिइएको कुल खोप संख्या लगभग १८ करोड (१७.९३ करोड, बिहान ७ बजेसम्मको अस्थायी रिपोर्ट अनुसार) पुगेको छ। कोविड १९ खोप अभियान ले सफलतापूर्वक ११८ दिन सम्पन्न गरेको छ र अहिले सम्म सबै राज्य र केन्द्र शासित प्रदेशहरुको प्रयासबाट पहिचान भएका १७।८९ करोड लाभार्थीहरुलाई प्रदान गरिएको छ।
११४ दिनमा १७ करोडको लक्ष्य हासिल गर्ने भारत विश्वव्यापी रूपमा सब भन्दा छिटो देश बनेको छ। सोहि लक्ष्य हासिल गर्न संयुक्त राज्य अमेरिकाले ११५ दिन र चीनले ११९ दिन लिएको थियो। इण्डिया न्युज नेटवर्क
प्रतिक्रिया दिनुहोस