आधुनिक मौद्रिक सिद्धान्त (एमएमटी) को धारणा यो छ कि सामान्यतया अर्थव्यवस्था र विशेष गरी पैसा (मुद्रा) राज्यको जीवनका रूपमा हुनुपर्छ। अर्थात्, मुद्रा नै त्यस्तो बस्तु हो जसले कुनै राज्यको अलग अस्तित्व भएको पुष्टि गर्छ।
यो कुनै नयाँ विचार होइन - कम्तीमा पनि मार्क्सको पाला देखि आजसम्म यो धारणा एक वा अर्को रूपमा प्रकट हुँदै आएको छ।
एमएमटीले मूलतः यो विश्वास गर्दछ कि सरकारले उनीहरूलाई जति चाहिने मुद्रा बनाउनुपर्दछ। अनि त्यो पैसा उनीहरूले मन पराएको क्षेत्रमा खर्च गर्नुपर्दछ।
यो धारणामा केही नयाँ छैन। तर, के चाहिँ स्पष्ट हो भने यसले भविष्यमा सिर्जना गर्ने कष्टपूर्ण परिणामको बारेमा भने आधुनिक मौद्रिक सिद्धान्त मौन छ। अर्थात् यसले त्यो दुखद भविष्यबारे प्रक्षेपण गर्न सकेको छैन। त्यसैले अब भन्न थालिएको छ कि आधुनिक मौद्रिक सिद्धान्तले अब काम गर्दैन।
किन काम गर्दैन ?
राजनीतिज्ञहरू समेत अहिले एमएमटीका अनुमानित फाइदाहरूको बारेमा कुरा गरिरहेका छन्। स्यूडो-अर्थशास्त्रीहरू यसले अर्थव्यवस्थालाई कसरी असर गर्ने भन्ने बारेमा अन्तर्यबाट बुझ्नको लागि जटिल गणित गणना गर्दै छन्।
तर यहाँ कुरा गर्न खोजेको विषय नैतिक सिद्धान्त हो। यो एमएमटीले काम गर्छ वा कार्य गर्दैन भन्ने प्रश्न होइन। पक्का छ, यसले काम गर्दैन । यसले भेनेजुएला र जिम्बावे वा अर्जेन्टिनाको जस्तो आर्थिक नीतिमा मात्र काम गर्छ। त्यो पनि केहिसमय सम्मको लागि। र, अन्त्यमा ठुलो आर्थिक दुर्घटनामा मुलुकलाई पुर्याउछ।
जे जस्ता योजना र नीति अहिले ती देशमा छन् यस्ता योजनाहरूले इतिहासमा कहिले पनि काम गरेनन् । यसको परिणामस्वरूप सामाजिक कलह र त्यहाँका जनताको जीवनको स्तरमा देखिएको गिरावट हेर्न सकिन्छ। एमएमटी भनेको हरेक क्षेत्रमा सरकारको बढ्दो नियन्त्रण हो। एमएमटीले सरकारको नैतिकता प्रति खासै सरोकार राख्दैन। त्यति हो, आवश्यकता अनुसार पैसा छाप्ने कामलाई वैधानिक भन्छ चाहे त्यो काम निर्वाचित वा निरङ्कुश जुन सरकारले गरे पनि।
अहिले जसरी जनतालाई राहत दिने नाममा पैसा छाप्दै बाँड्दै गर्ने काम विश्वका धेरै देशहरूले गरिरहेका छन् त्यसले अन्ततः गम्भीर समस्या सिर्जना गर्नेवाला छ। यसबाट कसरी कस्तो समस्या आउँछ भन्ने बुझ्न पहिले पैसा के हो त्यो बुझ्नु जरुरी हुन्छ।
पैसा के हो ?
पैसाले तपाईँको जीवनको हरेक घण्टा प्रतिनिधित्व गर्दछ जुन तपाईँले कमाइमा खर्च गर्नुभयो। पैसाको यही आधारभूत सिद्धान्त हो। यसले जीवनको केन्द्रीकृत प्रतिनिधित्व गर्दछ। यसबाट तपाई ती सबै चीजहरू प्राप्त गर्न सक्नुहुन्छ जो चाहनुहुन्छ। यो हाललाई आफ्नै लागि र भविष्यमा अरूहरूका लागि पनि प्रदान सकिन्छ।
जब व्यक्तिहरूले पैसाको मूल्य नष्ट गर्दछन्, त्यसको अर्थ तिनीहरूले जीवनको अंश नष्ट गरिरहेका हुन्छन्। मुद्रास्फीतिका कारण हरेक दिन पैसाको मूल्य घटिरहेको हुन्छ। अनि पैसाको परिमाण र गुणको पूर्ण नियन्त्रण राज्यमा हुन्छ। यदि सरकारले पैसा आपूर्ति बढाउँछ भने बस्तुको सामान्य मूल्य माथि जान्छ। मानौँ १० प्रतिशतले पैसाको आपूर्ति बढ्यो भने तपाईँसँग भएको सय रूपयाँको मूल्य ९० मा झर्छ।
त्यसैले पैसाको खास मूल्यको कुरा गर्दा राज्य कति नैतिकवान् भएर जनताको हातमा भएको पैसाको सम्मान गर्छ भन्ने कुरा केन्द्रमा आउँछ।
नैतिक प्रश्न
हाम्रो अर्थतन्त्रमा हरेक सरकारको घुसपैठ हुन्छ। यसले कर लगाउने, नियम बनाउने वा मुद्रास्फीति गराउने हो। जहिले पनि सरकारले आफ्ना वरपरका मानिसहरूलाई फाइदा पुर्याउँछ। र समग्रमा समाजलाई अर्थात् बहु जन सर्वसाधारणलाई नोक्सान पुर्याउँछ।
तिनीहरू मतदातालाई टाउको गन्तीमा बेच्छन्। तर, औसत मानिसहरू अर्थशास्त्र बुझ्दैन। तर पनि सङ्कट महसुस भने गर्छन्। उनीहरू एमएमटीले काम गर्छ वा गर्दैन भन्ने तर्कमा मतलब राख्दैनन्। तथापि यो एक नैतिक प्रश्न हो, प्राविधिक प्रश्न होइन। के सरकारसँग तपाईँको आर्थिक गन्तव्य निर्धारण गर्ने अधिकार छ ?
प्रतिक्रिया दिनुहोस