aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कोरोना विरुद्ध खोप लगाउनेलाई लाखौँ पुरस्कार !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ जेठ २०७८
कोरोना विरुद्ध खोप लगाउनेलाई लाखौँ पुरस्कार !

एजेन्सी। कोरोना विरुद्धको खोपको व्यवस्थापन गर्न नसकेको भनेर सरकारको चर्को आलोचना भइरहेको छ। जम्मा १८/२० लाख डोज खोपको मात्र हालसम्म नेपाल सरकारले व्यवस्थापन गरेको छ। तर, अर्को दुनियाँमा भने कुरा बेग्लै छ। त्यहाँ मानिसहरुलाई खोप लगाउन लोभ्याईदै छ। 

अमेरिकाले गएको हप्ता मात्र करिब १२ करोड मानिसलाई पूर्ण खोप लगाएको रिपोर्ट प्रकाशित भएको छ। त्यहाँ प्रति दिन लगभग २२ लाख जनालाई कोप लगाइँदै छ। त्यहाँ मानिसहरू खोप लगाउनबाट नछुटुन् भनेर केही अजयले विशेष अभियान नै चलाएका छन्। 

अमेरिकाको ओहियो राज्यले कोभिड १९ खोप लिने व्यक्तिको सङ्ख्या बढाउनको लागि विशेष योजना बनाएको छ।  जुन स्थानीय समाचार संस्था  डब्ल्यूएलडब्ल्यूटीले यस्तो जनाएको छ।

सरकारको योजना अनुसार त्यहाँ खोप लगाउने व्यक्तिलाई साप्ताहिक रूपमा चिट्ठा द्वारा लाखौँ डलर पुरस्कार दिइने छ। मानिसहरूले चिट्ठा जित्ने लोभमा परेर भए पनि खोप लगाउन भन्ने  उदेश्यले सरकारले यस्तो योजना ल्याएको बताइएको छ। 

समाचारमा उल्लेख भए अनुसार अब मे २६ तारिकमा पहिलो पटक यो चिट्ठा खोलिने छ। जसमा खोप लगाएका मानिसको सूचीबाट केहीलाई लाखौँ डलर उपहारको रूपमा प्राप्त हुनेछ। 

 

प्रतिक्रिया दिनुहोस