aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सर्लाहीमा गोली चल्यो, १ को मृत्यु ११ घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ असार २०७६
सर्लाहीमा गोली  चल्यो, १ को मृत्यु  ११ घाइते

सर्लाही । स्थानीयले अवरुद्ध गरेको राजमार्ग खुलाउने क्रममा प्रहरीले चलाएको गोली लागेर सर्लाहीमा १ जनाको मृत्यु भएको छ । 

खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेको थिए । प्रहरीले अवरुद्ध राजमार्ग खुलाउन थालेपछि स्थानीय ढुङ्गा–मुढा प्रहारमा उत्रिएका थिए ।

झडपलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले हवाइ फायर गर्दा १ जनाको मृत्यु भएको हो । झडपका क्रममा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ८ प्रहरी र ३ जना प्रदर्शनकारीसहित ११ जना घाइते भएका छन् । 

स्थानीय बाँके खोलामा गिट्टी–बालुवा निकाल्दा बनेको खाल्डोमा डुबेर स्थानीय लाले रायका छोरा अमित रायको मृत्यु भएको थियो ।

स्थानीयले गिट्टी बालुवा उत्खनन् गर्ने ठेकेदारलाई कारबाही तथा मृतक परिवारलाई क्षतिपूर्तिका माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए ।

राजमार्गको अवरोध हटाउँदा प्रहरीको गोली लागेर सर्लाहीको ईश्वरपुर–१३ का २९ वर्षीय केवल महतोको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस