
काठमाडौं । ‘धान खेतीमा प्रबिधि र यान्त्रिकरण, चामल आयातमा न्युनीकरण’ भन्ने नाराका साथ नेपाल कृषि अनुसन्धान परिषद, राष्टिय कृषि अनुसन्धान प्रतिष्ठान वाली विज्ञान खुमलटार ललितपूरमा १६ औं राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली परिवेशमा धानको विशेष महत्वलाई दृष्टिगत गर्दै नेपाल सरकारले वि.स. २०६१ देखि प्रत्येक बर्ष परम्परागत रुपमा धान रोपाईं गरी दहि चिउरा खाने अर्थात असार १५ को दिनलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउदै आइरहेको छ ।
धानको उत्पादनले राष्ट्रको अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने हुदाँ धान नेपालको सन्दर्भमा निकै महत्वपूर्ण वाली मानिदै आएको छ । नेपालमा धानको स्तिथि हेर्ने हो भने २०७५/७६ को दश महिनामा मात्रै २४ दशमलब ५० अर्ब रूपैयाँ बराबरको धान तथा चामलको आयात भएको छ । यसै तथ्यांकलाई आधार मान्ने हो भने देशको धान उत्पादन बढ्दो जनसंख्यालाई खाद्यान्न आपुर्ति गर्न अपुग हुने समेत देखिएको छ ।
शान्ति ल्याउन धानको अहम भुमिका रहेको बरिष्ट धान बिशषेज्ञ्य भोलामान सिंह वस्नेतले बताए । उनले भने धानको उत्पादन बढाउनुु पर्दछ, उत्पादन बढाउने भनेर रसायनिक मलको मात्रा बढाउने नभई घटाउदैँ जाने कम्पोष्ट मल प्रयोगमा ल्याउनु एकदमै उपयोगी हुने बताए ।
कार्यक्रममा बोल्दै पूर्व कार्यकारी निर्देशकले भने धान उत्पादन बढाउन बिउमा जोड दिनु आवश्यक र किसानको पनि महत्वपूर्ण भुमिका रहेको बताए । धानको उत्पादकत्व बढाउन राम्रो योजनासंग अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बोल्दै धान उत्पादन राम्रो नहुनुमा सिचाइको अभाव भएको कृषि अनुसन्धान परिषद, राष्टिय कृषि अनुसन्धान प्रतिष्ठान वाली विज्ञानका सचिव डा. युवकध्वज जि.सी.ले बताए । उन्नत बीउ, सन्तुलन मल तथा सिंचाईको उपलब्धता तथा सिफारिस प्रविधिको उचित प्रयोग हुनु पर्ने बताए । हिउँदे र चैते धानको प्रोत्साहन , प्रवर्धन तथा विस्तार गर्नु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस