aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

जापानको होक्काइडोमा भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ जेठ २०७८
जापानको होक्काइडोमा भूकम्प

टोकियो । जापानको होक्काइडो प्रिफेक्चरमा आइतबार ६।१ म्याग्नीच्यूडको भूकम्प गएको जापानी मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ । 

जमिनको सतहभन्दा करिब ६० किमि गहिराईमा रहेको उक्त भूकम्प स्थानीय समय अनुसार आइतबार दिउँसो १२ बजेर २४ मिनेटमा गएको थियो । 

भूकम्प त्यति शक्तिशाली नभएको भन्दै सुनामीको चेतावनी नदिइएको विभागले जनाएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस