aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, ०३ जेठ २०७८
असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले असार पहिलो साताबाट नयाँ शैक्षिक सत्रको  पठनपाठन सुरु गर्न मातहतका विद्यालयलाई निर्देश गरेको छ । 

कोरोना (को  भिड–१९) भाइरसका कारण नयाँ शैक्षिक सत्रको विषयमा अन्योल देखिएका बेला महानगरपालिकाले नयाँ शैक्षिक सत्र प्रारम्भ गर्न विद्यालयलाई निर्देश गरेको हो ।   

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार विज्ञप्ति जारी गरी जे  ठ २० सम्म सबै कक्षाको परीक्षा सम्पन्न गरी नतिजा प्रकाशन गरि सक्न समेत निर्देश  गरिएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस