aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

बङ्गलादेशमा अहिलेसम्मकै उच्च बजेट अनुमोदन, वृद्धि दर ८.२ प्रतिशत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ असार २०७६
बङ्गलादेशमा अहिलेसम्मकै उच्च बजेट अनुमोदन, वृद्धि दर ८.२ प्रतिशत

ढाका, बङ्गलादेश । बङ्गलादेशको संसदले आर्थिक बर्ष २०१९/०२० का लागि अहिलेसम्मकै उच्च पाँच ट्रिलियन टाका ९ झण्डै ६२ अर्ब अमेरिकी डलर० को बजेट अनुमोदन गरेको छ ।

मुलुकको आर्थिक वृद्धि दरलाई ८.२ प्रतिशत पुर्याउने लक्ष्य लिएको सरकारले अर्थमन्त्री एएचएम मुस्तफा कमलद्वारा जारी बार्षिक बजेट कार्यक्रमलाई आइतबार संसदमा अनुमोदनका लागि प्रस्तुत गरेको थियो ।

प्रधानमन्त्री शेख हसिनाको सत्ताधारी दल बङ्गलादेश अवामी लिग (एएल) पार्टीको सरकारले आर्थिक वृद्धिका लागि महत्वाकांक्षी योजनासहित बजेटको घोषणा यस पहिले नै गरेको थियो ।

संसदमा प्रस्तुत वजेट कार्यक्रमलाई यस आर्थिक बर्षको अन्तिम संसद अधिवेशनको अन्तिम दिन ध्वनी मतका आधारमा सर्वसम्मतिका साथ  अनुमोदन गरेको हो ।

 सन् २०१९/०२० का लागि  बङ्गलादेशको कुल बजेट ६२ अर्ब अमेरिकी डलर हुनेछ, जुन यहाँको कुल ग्राहस्थ उत्पादनको १८.१ प्रतिशत रहेको छ । सरकारले यस बर्ष १३ प्रतिशत बजेट वृद्धि गरेको हो ।

खर्चतर्फ बार्षिक विकास कार्यक्रमका मानव साधनस्रोत, विद्युत तथा इन्धन र सूचना सञ्चार क्षेत्रमा सवैभन्दा बढी अर्थात् २।०२ ट्रिलियन टाका बराबरको बजेट छुट्टाइएको छ ।

नयाँ बर्षमा बङ्गलादेशको बजेट घाटा करिब १.४३ ट्रिलियन रहनेछ, जुन कुल ग्राहस्थ उत्पादनको पाँच प्रतिशत हो । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस