aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
टिप्पणी

कोरोना महामारीले हामीलाई बुझाएका ९ कुरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ जेठ २०७८
कोरोना महामारीले हामीलाई बुझाएका ९ कुरा

कोरोना महामारी र यसले सिर्जना गरेको संकटबाट हामीले केही पाठहरू सिक्यौँ। हामी बाँचेको समाजबारे हाम्रा धारणा र विश्वास कति गलत रहेछ भन्ने पनि हामीलाई कोरोना महामारीले स्पष्ट पारेको छ। हामीले आफ्नै समाज बारे बुझेका केही अविश्वसनीय विषयहरू यहाँ राखिएको छ जो हामी सबैको साझा अनुभूति बनेको हुनसक्छ। 

यस सन्दर्भमा कुरा गर्दा के भुल्नु हुँदैन भने हामी टेक्नो-फासिस्ट दासत्वको कठोर भविष्य तिर लम्किरहेका छौँ भन्ने यस बेला सतहमा आएको तितो सत्य हो। शायद हामी नेपालीले मात्र होइन सारा विश्वका बहुसङ्ख्यक 'जनता' श्रेणीमा बाँचिरहेकाहरूको भोगाइलाई यसले प्रतिनिधित्व गर्छ। जसलाई ९ वटा बुँदामा समेट्ने प्रयास गरिएको छ : 

हाम्रो राजनीतिक प्रणाली वास्तव मै भ्रष्ट छ

लगभग सबै राजनीतिज्ञहरू अति नै भ्रष्ट छन् भन्ने हामीले गत वर्ष लकडाउन सुरु हुने बित्तिकै भएको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताले स्पष्ट पार्‍यो । कुनै पनि राजनीतिक पार्टीलाई भरोसा गर्न सकिँदैन भन्ने त्यसबाहेक अरुपनि धेरै प्रमाण हामीले यो बिच पायौँ । किनभने आम जनताले जसरी भ्रष्ट्रको विरोध गरे राजनीतिक दलले त्यसको विरुद्ध त्यति सशक्त आवाज उठाएनन्। 

'लोकतन्त्र'मा लाज शरम हुँदैन  

लोकतन्त्र भनेर जसरी त्यसको महिमा गाइन्थ्यो त्यो भ्रम रहेछ भन्ने खुलासा यसबिच भएको छ। यो त लाज शरम नभएकाले नाङ्गो नाच गर्ने राजनीतिका प्रणाली पो रहेछ भन्ने यही कोरोना खरका बिच नेपाली जनताले अनुभूत गरेका छन्।  कुनै वास्तविक प्रजातन्त्र कहिल्यै कहीँ हुँदो रहेनछ भन्ने सारा विश्वले यो बेला देख्यो ,भोग्यो। पैसा र शक्ति नै त्यस्तो चिज रहेछ जसले सबै 'तन्त्र' किन्दो रहेछ। चलाउँदो रहेछ।

राज्य प्रणाली निकृष्ट हुँदो रहेछ  

राज्यको स्थापित प्रणाली यति निकृष्ट हुँदो रहेछ कि यसले जस्तो सुकै सङ्कटमा पनि जनतालाई शासन गर्ने र अनेकौँ तरिकाले शोषण गर्ने काम जारी राख्दो रहेछ। यो त्यो पाठ हो उन महामारीमा कोही नभए राज्य त छ भन्ने भ्रम पालेका जनताले बुझे। राज्यले सम्भव भएसम्म नियन्त्रण र शोषणको स्तर बढाउने मात्र काम गर्दो रहेछ।

कुनै झूट पनि अपमानयोग्य हुँदैन रहेछन्। जस्तोसुकै पाखण्डले पनि काम गर्दो रहेछ। मानव बलिदान जस्तो सुकै मात्रामा होस् त्यसको कुनै अर्थ हुँदो रहेनछ ।

कथित कट्टरपन्थी आन्दोलनहरू केही होइनन् 

हामीले यो बिचमा देख्यौँ कि नेपालका निकै क्रान्तिकारी भनेका पार्टी तथा समूहहरू एकाएक आत्मसमर्पणमा लागे। पृथकतावादी देखी उग्र क्रान्तिकारी समेत त्यही नेताको अगाडी लम्पसार परे जो जनताबाट सबैभन्दा आलोच्य छ।  यो किन भयो ? यो त्यस कारण सम्भव भयो कि यी क्रान्तिकारीहरू वास्तवमा जनताको लागि होइन आफ्नो आतङ्क फैलाएर आफ्नो लागि धन जोहो गर्ने ध्यानमा थिए. जब आम जनतासँग यिनलाई लुटाउन समेत केही बाँकी रहेन भन्ने बुझे यिनले आफ्नो लुटको धनको संरक्षण गर्नु नै उपयुक्त ठाने।  

यसबिच पनि उनीहरूले पुरै प्रणालीमा आक्रमण गरेको दाबी गरेका थिए। तर, जुनसुकै दिशाबाट हेर्दा पनि के देखिन्छ भने त्यसले स्थापित शासन सत्तामा कुनै हानि गरेको थिएन बरु त्यसका कतिपय एजेन्डाका लागि उपयोगी काम गर्दै थिए।

कर्पोरेट मिडियाका कुरा नक्कली हुन् 

कोरोना महामारीको बेला आम मानिसहरूलाई सबैभन्दा बढी ठगी गर्‍यो भने त्यो कर्पोरेट मिडियाले नै गर्‍यो। त्यसो त धेरै असन्तुष्टिका आवाजहरू यिनले बजाए।  सुनाए तर त्यसको उद्देश्य आफ्नो स्वार्थ पूर्ति गर्नु नै मात्र थियो। आवाजविहीनको आवाज बन्ने उद्घोष त यिनले गर्छन् तर सुनाइने आवाज नक्कली हो। किनकि यिनलाई राज्य प्रणालीले यसरी बाँधेको र खरिद गरेको हुन्छ कि प्रणालीले आफ्नो विरुद्ध कसैलाई पनि स्वतन्त्र प्रचार गर्न छुट गर्दैन।

समाजमा धेरै काँतर छन् 

त्यसबाहेक हाम्रो समाजमा अधिकांश व्यक्ति डरपोक छन्। अनि अति नै लोभी। तिनीहरूले सानो आर्थिक क्षतिको हल्का सम्भावनाबाट समेत  बच्नका लागि आफ्ना जीवनका सबै असल मूल्य र सिद्धान्तहरूलाई फोहोरको टोकरीमा हाल्छन् ।

मूलधारको मिडिया राज्यको प्रचार मेसिन मात्र हो 

हामीले यो बिचमा देख्यौँ कि मूलधारका भनिएका मिडियाले जनताको बारे खासै कुरा उठाएनन्। बरु तिनीहरू आफ्नो स्वार्थ पूर्तिका लागि विभिन्न राजनीतिक दलका मुख पत्र बने। आखिर सरकार पक्षीय वा विरोधी जो भए पनि उनीहरू यो प्रणालीका एक अभिन्न अंश नै हुन्। जसलाई आम जनताका जनजीविकाका विषयसँग खासै चासो छैन। 

त्यसैले .मूलधारको मिडिया राज्यको प्रचार मेसिनका रूपमा मात्र काम गरेको देखियो। ती पत्रकारहरू जसले यस्ता मिडियाका लागि  काम गर्छन् उनीहरूले  आत्मा बेचे भने आफ्नो लेख्ने सीपलाई शक्तिको रूपमा प्रयोग गर्ने चेष्टा समेत गरेनन्। 

पुलिस जनताको सेवक होइनन् 

सामान्य मानिसहरूमा एक प्रकारको भरोसा भएको संस्था हो, प्रहरी। तर, लकडाउनका बेला ती प्रहरीहरू साथी कम र शत्रु बढी जस्ता देखिए। बरु, राज्यका कतिपय गलत र एकाङ्की निर्णयलाई लागु गर्न प्रहरी जनता माथि दमनमा समेत उत्रिएको समेत देखियो। 

वैज्ञानिकहरूलाई विश्वास गर्न सकिँदैन

विश्वभरका वैज्ञानिकले के भन्छन् र केही गर्छन् भन्ने आशा  मानिसहरूमा कोरोना महामारी सुरु हुन थाल्दा नै धेरै थियो।  तर, तिनीहरूले त्यो भने र गरे जे गर्दा उनीहरूले आफ्ना मालिक अर्थात् ठुला व्यापारीको हातबाट मनग्गे पैसा पाउँथे। 

अहिले नै पनि वैज्ञानिकले खोप निकालेका छन् तर त्यसले कोरोना विरुद्ध काम गर्छ नै भनेर उनीहरूले भन्न सकिरहेका छैनन्। बरु, खोप लगाउनु पर्छ भन्छन् अनि फेरी आरु सरह नै स्वास्थ्य मापदण्ड समेत अनिवार्य पालना गर्न सुझाव दिन्छन्।  यसरी हेर्दा वैज्ञानिकको बिश्वाशनियता माथि नै प्रश्न उठेको छ। 

प्रतिक्रिया दिनुहोस