aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

काठमाडौंबासीले मेलम्चीको पानीको अनुभव अझै लिन पाएनन

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, ०४ जेठ २०७८
काठमाडौंबासीले मेलम्चीको पानीको अनुभव अझै लिन पाएनन

काठमाडौंबासीले मेलम्चीको पानीको अनुभव अझै लिन पाएनन
काठमाडौं । एक महिना अघिदेखि राजधानीमा  मेलम्चीको  खानेपानी  वितरण सुरु गरिए पनि आमउपभोक्ताले अझै राहतको अनुभव गर्न पाएका छैनन् । कतिपय स्थानमा त मेलम्ची आएपछि झनै अस्तव्यस्त भएको  छ ।  भएका पाइप फुटेका छन भने मर्मत पनि सुस्त छ । पुरानै पाइप  लाइनबाट वितरण गरिएको मेलम्चीको पानी नयाँ पाइप लाइनबाट  वितरण गर्न परीक्षण भइरहेको छ ।

राजधानीको बल्खु, कोटेश्वर, सहयोगी नगरलगायतका स्थानमा दसौँ वर्षदेखि पानी आएको छैन र मेलम्ची आएपछि पानी  पाइने  आशा  सपनामै सीमित भएको छ । मेलम्ची आउनासाथ पुरानो  पाइप लाइनबाट वितरण गरिए पनि  परीक्षणपछि नयाँ पाइप लाइनबाट पनि वितरण सुरु गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केय।केएल)ले जनाएको छ ।

भक्तपुर कटुञ्जेको पानी पोखरीबाहेक अन्य सबै वितरण केन्द्रबाट  मेलम्चीको पानी वितरण भइरहेको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले  जानकारी दिए । उनका अनुसार महाराजगञ्ज, बालाजु, खुमलटार, आरुबारी, महाँकालचौर, बाँसबारी, पानीपोखरीबाट पानी वितरण भइरहेको छ । कटुञ्जेको पानीपोखरी निर्माण सम्पन्न भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस