aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अब भारतमै उत्पादन हुने भो रुसी खोप स्पुतनिक-भि, मूल्य घट्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ जेठ २०७८
अब भारतमै उत्पादन हुने भो रुसी खोप स्पुतनिक-भि, मूल्य घट्ने

एजेन्सी। अब भारतमा नै कोरोना विरुद्धको रसियन खोपको उत्पादन हुने भएको छ। भारतीय औषधि कम्पनी शिल्पा मेडिकेयरले डा.रेड्डीज ल्याबसँग मिलेर  स्पुतनिक-भि खोप उत्पादन गर्न सम्झौता गरेको छ।

शिल्पा मेडिकेयरले सोमबार यस सम्बन्धी जानकारी गराउँदै यसको शाखाले रुसको कोभिड १९ विरुद्धको खोप स्पुतनिक-भि को निर्माणका लागि डा. रेड्डीको प्रयोगशालासँग सम्झौता गरेको जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यस अन्तर्गत शिल्पाले डा. रेड्डीको ल्याबोरेटरीजसँग पूर्ण स्वामित्व प्राप्त सहायक शिल्पा बायोलजिक्स प्राइभेट लिमिटेड (एसबीपीएल) मार्फत तीन बर्षे बाध्यकारी सम्झौता गरिसकेको छ। जस अन्तर्गत कम्पनीको आफ्नो एकीकृत जैविक विज्ञान अनुसन्धान एवं विकास तथा कर्नाटक धारवाडमा निर्माण केन्द्र रहेको छ। जहाँबाट स्पुतनिक-भि खोप उत्पादन र आपूर्ति गर्ने योजना छ। 

फार्मा कम्पनी शिल्पा मेडिकेयरले जनाए अनुसार डा. रेड्डीको ल्याबोरेटरीले रुसी खोपहरूको ठुलो मात्रा उत्पादन गर्ने छ। यस अन्तर्गत, एक वर्षमा करिब १५  करोड खोपहरू बनाउने लक्ष्य राखिएको छ। 

यदि स्पुतनिक-वी भारतमा उत्पादन भयो भने यसको मूल्यमा केही कटौती हुन सक्छ। सम्झौताका अनुसार यस रुसी भ्याक्सिनको १५ करोड खोपहरू देशभित्रै उत्पादन गरिने छ।

 

प्रतिक्रिया दिनुहोस