aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आजदेखि त्रिभुवन विमानस्थल फेरि दैनिक २१ घण्टा खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ असार २०७६
आजदेखि त्रिभुवन विमानस्थल फेरि दैनिक २१ घण्टा खुल्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घन्टा खुल्ने भएको छ । विमानस्थलको रन वे मा पुरानो पिच भत्काएर नयाँ पिच राख्नको लागि गएको चैत १८ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्ने गरिएको थियो ।

विमान कम्पनीले पुरानै तालिका अनुसार उडानको समय मिलाएको छ । विमानस्थलले जनाए अनुसार पिच निर्माणको काम अब अन्तिम चरणमा पुगेको छ ।

गतवर्ष जेठदेखि विमानस्थल बिहान ३ बजेदेखि राति १२ बजेसम्म २१ घन्टा खुलाउन थालिएको थियो । तर आन्तरिक उडानको लागि भने बिहान ५ बजे नै विमानस्थल खोलेर उडान गरिँदै आएको छ ।


 

प्रतिक्रिया दिनुहोस