
काठमाडौं । नेपाल पर्यटन बोर्डले सरकारी तथा निजी संस्थाको खर्चमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड–२०१९(आइफा) गर्ने योजना बनाएको छ । तर, खर्च गर्न भनिएका निकायलाई भने यस सम्बन्धमा कुनै जानकारी छैन । बोर्डका कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार आइफामा सहभागी कलाकारका लागि नेपालले क्यास (रकम) र काइन्ड (वस्तु) गरी दुई तवरले सहयोग गर्नेछ । क्यासअन्तर्गत नेपालले ४ मिलियन डलर(४४करोड रुपैयाँ) खर्च गर्ने छ । काइण्ड सपोर्ट अन्तरगत भने होटल व्यवस्थापन, जहाज आतेजाते खर्च र स्थानीय यातायात खर्च भनिएको छ ।
क्यास अन्तरगतको ४४ करोड रुपैयाँ काठमाडौं महानगरपालिका र पर्यटन बोर्ड आफैले गर्ने छ । त्यस बाहेक नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर आफ कमर्श, नेपाल चलचित्र विकास बोर्ड लगायतका संस्थाले पनि क्यास अन्तरगत सहयोग गर्नेछन् । होटल, जहाज र स्थानीय यातायातको खर्च भने क्रमशः होटल एसोसियसन नेपाल(हान),नेपाल बायु सेवा निगम र नाडा अटो मोवायलस् डिलर्सले गर्ने छ ।
अवार्ड आयोजनाको खर्च व्यवस्थान बारे बोर्डका सिइओ जोशीले भने,‘आइफा अवार्ड गर्न सरकारले निर्णय गरिसकेको छ । करिब तीन महिनाको गृह कार्यपछि यो निर्र्णय हुन सकेको हो । यस प्रत्यक्ष खर्च नेपाल सरकरको ढुकुटीबाट हुने होइन । जस्तो अतिथि बस्ने बस्नका लागि होटल एसोशियनले गर्छ । त्यस बाहेक जहाजको व्यवस्थान नेपाल एयरलाइन्सले गर्छ । काठमाडौंमा यातायात र गाडीको व्यस्था नाडाले गर्छ । यस बापत नेपाल सरकारले उनीहरूलाई खर्च दिनु पर्दैछ । यसा अझ स्पष्ट गरौं । नेपालले ५ सयसम्म कालाकारको मात्रै व्यवस्थापन गर्ने छ । बाँकीको व्यवस्थापन आईफाले नै गर्ने छ ।’
पाँच देखि छ सयको हाराहारीमा कलाकार आउने
बोर्डका अनुसार नेपाल होस्ट राष्ट्र भएकाले कार्यक्रमको नाम ‘नेपाल आईफा’ रहनेछ । आईफा आगमी अगस्टको अन्तिम साता हुनेछ । कार्यक्रम स्थल नेपाली सेनाको मुख्यालय आगडीको फुटवल मैदान छनोट गरिएको छ । कार्यक्रममा कलाकार र उनीहरूका सहयोगीसहित १५ सय भन्दा धेरै भारतबाट मात्रै सहभागि हुनेछन् । त्यस मध्ये ५ सय देखि ६ सयको संख्यामा भने कलाकार मात्रै हुनेछन् ।
जसमा ६० देखि ८० जना कलाकार भिआईपी तहका हुनेछन् । कार्यक्रममा सहभागि हुने मध्ये ८० प्रतिशत भारतको मुम्वईबाट आउनेछन् । बाँकी २० प्रतिशत कलाकार भने दिल्ली र बैंगलोरबाट आउनेछन् । कार्यक्रमको स्टेज निर्माणका लागि दुवइबाट बिशेष खालको डोम ल्याइनेछ । एसी सहितको डोममा पाँच हजार जना अटाउनेछन् । कार्यक्रममको कुल खर्च १६ मिलियन डलर(एक अर्व ७६ करोड रुपैयाँ) हुने भनिएको छ । कार्यक्रम तीन दिन सम्म चल्ने भनिएको छ ।
कस्को खर्च कति ?
बोर्डका अनुसार आइफामा सहभागि हुन कलाकार सहित एक हजार भन्दा धेरै भारतबाट मात्रै सहभागि हुनेछन् । त्यस मध्ये कलाकारको व्यवस्थापन भने नेपालले नै गर्नुपर्ने छ । उनीहरूका लागि बस्ने व्यवस्था होटल एसोसियसन नेपाल (हान) ले गर्ने भनिएको छ । कलाकारको स्तर मुल्यांकन गरि हानले नै होटलको व्यवस्थापन गर्नेछ । कलारका कम्तीमा ३ दिन होटलमा रहनेछन् । यस अवधिसम्म हुनेहरूले होटलको १४ सय कोठा प्रयोग गर्ने छन् । प्रत्येक कोठाको मुल्य सरदरमा ६ सय डलर पर्ने भनिएको छ । यस आधारमा होटल खर्च मात्रै ८ करोड ४० लाख रुपैयाँ खर्च हुनेछ ।
त्यस्तै कार्यक्रममा सहभागि कलाकारलाई जहाज मार्फत काठमाडौसम्म ल्याउने जिम्मा नेपाल एयरलाइन्सलाई दिने योजना छ । वोर्डका अनुसार ८० प्रतिशत कलाकार भारतको मुम्वईबाट आउने भएका छन् । बाँकी २० प्रतिशत कालकार भने भारतकै बैंगलोर र दिल्लीबाट आउनेछन् । प्रस्ताव अनुसार ६ सय कलाकारको आतेजाते जहाज भाडा नेपाल एयर लाइन्सले नै व्यहोर्नछ । कार्यक्रममा सहभागि कलाकार बिजनेश क्लासमा नै आउनेछन् । भारतको तीन वटै सहरमा बिजनेश क्यासको एक तर्फी भाडा सरदर ३५ हजार रुपैयाँ छ । यस आधारमा नेपाल एयर लाइन्सको ४ करोड २० लाख रुपैयाँ खर्च हुनेछ ।
काठमाडौंमा उत्रि सकेपछि उनीहरूलाई होटलसम्म लैजान र ल्याउन सुविधा सम्पन्न गाडीको आवश्यकता पर्ने हुन्छ । यसको सम्पुर्ण व्यवस्था गर्ने जिम्ममा नाडा अटो मोवायलस् डिलर्सलाई दिने भनिएको छ । यसका लागि उसले उपत्यका भित्र रहेका सो रुमका गाडी प्रयोग गर्नेछ । यस प्रयोजनमा कम्पतीमा ४ सय वटा गाडी प्रयोग हुनेछन् । प्रत्येक गाडीको भाडा प्रति दिन कम्तीमा ३० हजार रुपैयाँ लाग्नेछ । यस आधारमा नाडाको ३ करोड ६० लाख रुपैयाँ खर्च हुने छ । मुख्य आयोजक वोर्ड र सहअयोजक काठमाडौं महानगरपालिकाले गर्ने भनिएको ४४ करोड रुपैयाँ भने मञ्च निर्माणमा प्रयोग हुनेछ । मञ्च निर्माणका लागि दुवइबाट अत्याधुनिक र सुविधा सम्पन्न डोम ल्याउने भनिएको छ ।
कार्यक्रममा सहभागि कलाकारको खाना तथा खाजाको प्रवन्धका लागि वोर्डले सोचेको छैन । सहयोगीका रुपमा रहेका नेपाल चलचित्र विकास बोर्ड, नेपाल उद्योग बाणिज्य महासंघ, चेम्वर आफ कमर्श, नेपाल उद्योग परिसंघ लगायतका संघसंस्थाबाट यसमा लाग्ने खर्च जुटाउन सकिने बोर्डका भनाई छ ।
नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईले आईफा अवार्ड आयोजनाको खर्च बारे टुंगि नसेको बताए । उनले भने,‘खर्च सम्वन्धमा आईफा प्रतिनिधि र हामीबीच छलफल भइरहेको छ । ४४ करोड रुपैयाँसम्म होस्ट मुलुकले व्यहोर्ने गरि उनीहरूको प्रस्ताव आएको छ । यही खर्च महानगरपालिका र पार्यटन बोर्डले गर्ने भनिएको हो । महानगर र बोर्डको रकम नेपाल सरकारको ढुकुटी होइन ।’
के भन्छन् सरोकारवाला निकाय ?
हामीलाई थाहा छैनः निजी संस्था
आईफा अवार्डमा सहभागि कलाकारका लागि लाग्ने खर्चको व्यवस्थापन गर्न जिम्मा दिइएको निजी संस्थाले यस बारे कुनै जानकारी नभएको बताएको छ । नाडा अटो मोवायल एसोसियसनका अध्यक्ष शम्भु दहालले भने आइफामा सहभागी कलाकारका लागि सो रुमको गाडी झिकेर प्रयोग गर्ने बिषयबारे जानकारी नभएको बताए । उनले भने,‘कलाकारका लागि गाडी उपलब्ध गराउने बिषयमा कुनै छलफल भएको छैन । छलफल नै नभएको बिषयमा कसरी निर्णय दिने ?’
नेपाल होटल एसोसियसनका महासचिव बिनायक साहले भने कलाकारको बस्न होटल उपलब्ध गारउने बिषयबारे आफुहरूसँग छलफल नभएको बताए । उनले भने,‘कलाकारलाई बस्न होटल उपलब्ध हामीले गराउने बिषय कहाँबाट आयो । यस सम्वन्धमा हामीसँग छलफल भएको छैन ।’
तीन महिना अघि नै राज्य मन्त्रीको संयोजकत्वमा समिति
काठमाडौंमा आईफा अवार्ड गर्न सरकारले तीन महिना अघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डययन राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा समिति बनाएको थियो । समिति नेपाल पर्यटन बोर्ड, नेपाल चलचित्र विकास बोर्ड लगायतका संस्था सदस्य थिए । पछि सोही समितिले नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष सूरज बैधको संयोजकत्वमा अर्को उप समिति गठन गर्यो । उक्त उप समितिमा उद्योग बाणिज्य महासंघ,नेपाल चेम्वर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नाडा ओटो मोवायल्स् डिलर्स, होटल एशोसियसन नेपाल लगायतका संस्था सदस्य छन् । उनीहरूकै अध्ययन प्रतिवेदनपछि गत साता सरकारले आईफा अवर्ड काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईले आईफा अवार्ड आयोजनाको तयारी तीन महिना अघिबाटै भएको बताए । उनले भने,‘तीन महिना अघिबाटै यसको तयारी भएको हो । पर्यटन राज्य मन्त्रीको संयोजकत्वमा यस सम्वन्धमा समिति नै बनेको थियो । पछि सुरज बैधको संयोजकत्वमा अर्को उप समिति बन्यो । यही समितिको प्रतिवेदनपछि अवार्ड गर्ने निर्णय भएको हो ।’
सैनिक मुख्यालय अघि हुँदै अवार्ड
वोर्डका अनुसार अवार्ड नेपाली सेनाको मुख्यालयत अघिल्लतिरको फुटवल मैदानमा हुने भनिएको छ । यससम्वन्धमा सेनालाई समेत जानकारी दिइसकिएको छ । सैनिक प्रवक्ता बिज्ञानदेव पाण्डेले भने अझ स्थान तय नभएको बताए । उनले भने,‘अवार्डका लागि स्थान तय भएको छैन । छलफलमा भने भद्रकालि मन्दिर पछाडिको फुटवल मैदान भनिएको छ । जहाँ सैनिक परेड खेल्ने गर्छ ।’
अर्थमन्त्रीले भने आइफालाई रकम दिने निर्णय भएको छैन,
अर्थमन्त्री युवराज खतिवडाले भारतीय चलचित्र क्षेत्रको अर्वाड कार्यक्रम ‘आइफा’ का लागि रकम दिने औपचारिक निर्णय मन्त्रीपरिषदबाट नभएको बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी तथा पूर्वगृहमन्त्री भीम रावलले यसै सन्दर्भमा गरेको प्रश्नको जवाफ दिने क्रममा खतिवडाले बजेट नदिने प्रतिबद्धता समेत गरे । आफ्नो स्वीकृतीमा नै बजेट बिनियोजन हुने भन्दै आफू आइफा अवार्डका लागि बजेट दिने पक्षमा नरहेको बताए ।
‘बजेट दिने मैले हो, तर बजेट दिने विषयमा मन्त्रिपरिषदमा औपचारिक निर्णय भएको मलाई जानकारी छैन’ अर्थमन्त्री खतिवडाले भने, ‘निजी साझेदारी कार्यक्रम अन्तर्गत पर्यटन प्रवद्र्धनका लागि कार्यहरू गर्ने विषयमा छलफलसम्म भएको सुनेको हो ।’ मन्त्रीपषिदको निर्णय सार्वजनिक गर्ने क्रममा असार १२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कार्यक्रम गर्ने र पैसा दिने निर्णय भएको जानकारी दिएका थिए ।
‘आइफाको अवार्ड कार्यक्रम गर्न स्वीकृति दिएको छ, त्यसका लागि करिब ४४ करोड नेपाली रकम खर्च गर्ने निर्णयसमेत भएको छ’ उनले भनेका थिए । असार ५ र ८ गते बसेको मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित उक्त पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा पनि यस विषयमा उल्लेख गरिएको छ । ‘काठमाडौँ महानगरपालिका सहआयोजक रहने गरी नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमडौँमा आइफा अवार्ड २०१९ गर्न स्वीकृति दिएको छ’ विज्ञप्तिको १३ नम्बर बुँदामा उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल भन्छन्–कार्यक्रममा प्रधानमन्त्रीको सद्भाव छ, तर पैसा दिने योजना छैन, निर्णय पनि भएको छैन
आइफा अवार्ड नेपालको पर्यटन प्रवद्र्धनका लागि हुनुपर्छ भन्ने प्रधानमन्त्रीको भावना हो, तर त्यसका लागि सरकारले पैसा खर्च गर्दैन भनेर उहाँले स्पष्ट पारिसक्नुभयो । मन्त्रिपरिषद्बाट पनि कार्यक्रम गर्ने भन्ने मात्रै भएको हो, रकम दिने निर्णय भएको होइन । काठमाडौं महानगरपालिका, पर्यटन बोर्ड र निजी क्षेत्रको लगानीबाट कार्यक्रम हुन्छ भने त्यसमा प्रधानमन्त्रीको सद्भाव रहन्छ ।
पर्यटन प्रवद्र्धन गर्ने नेपालको उद्देश्य तर, जोखिम यस्तो पनि हुन सक्छ
गत साल ठ्याक्कै आजकै दिन काठमाडौं आएकी जुही चावलाले यस्तो ट्विट गरेकी थिइन्–
काठमाडौंमा हाम्रो कार पर्खंदै गर्दा, असाध्यै धुलो छ, ट्राफिक जाम छ, डिजेल र पेट्रोलको गन्ध सहिनसक्नु छ । हामीले अनुहार छोप्नुपर्ने अवस्था छ । सहरका बासिन्दा हरेक दिन मास्क लगाएर हिँड्छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस