aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बहिनीको पढाइ राम्रो भएपछि दाजुभाइले नै गरे बलात्कार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ असार २०७६
बहिनीको पढाइ राम्रो भएपछि दाजुभाइले नै गरे बलात्कार

एजेन्सी । भारतमा एक किशोरी आफ्नै काकाको छोराहरुबाट दुई वर्षदेखि बलात्कृत हुँदै आएकी छन् । बलात्कारका घटना हुनु कुनै नौलो विषय नभएपनि ति किशोरीमाथि बलात्कार गर्नुको कारण भने अनौठो छ । काकाका छोराहरुले बहिनीको पढाई राम्रो भएपछि रिसले दुई वर्षदेखि बलात्कार गर्दै आएको खुलेको हो । 

उत्तर प्रदेशको सीतापुर जिल्लामा एक सरकारी विद्यालय परिसरमा आठ कक्षामा पढ्ने ति किशोरीमाथि काकाको छोराहरुले दुईवर्षदेखि सामूहिक बलात्कार गर्दै आएका हुन् । 

त्यतिले मात्र नभई उनका शिक्षकहरूले पनि पापी दाइहरूको साथ दिए । ती विद्यार्थी पढाइमा तगडा भएर दाजुहरूभन्दा अब्बल देखिएपछि रिसले जलेर उनीहरूले यस्तो कुकर्म गरेका हुन् । 

घटनाको भिडियो बनाएर परिवारको ह्वाट्सयाप ग्रूपमा पठाइएको थियो । त्यसपछि शनिवार किशोरीले उजुरी दर्ता गराइन् र आरोपितहरूका विरुद्ध एफआईआर दर्ज गराइयो । अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । विगत दुई वर्षमा दाइहरू र शिक्षकले आफ्नो बलात्कार गरेको उजुरीमा लेखिएको एडिसनल एसपी मधुवन कुमार सिंहले जानकारी दिएका छन् । 

प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार, किशोरीको डाहा गर्ने दाजुहरू उसको पढाइ बिग्रियोस् भन्ने चाहन्थे किनकी उनी सधैं राम्रो अंक ल्याउँथिन् र उनीहरू चाहिँ फेल भइरहन्थे । 

किशोरीलाई बेहोश बनाएर दाजुहरू र शिक्षकले पालैपालो बलात्कार गर्थे र अनि भिडियो पनि बनाउँथे । भिडियो हेरेर मात्र किशोरीले यो कुरा थाहा पाइन् । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । 

प्रतिक्रिया दिनुहोस