aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अमेरिकी दूतावासका प्रतिनिधिलाई सात दिनभित्र अदालत नआए पक्राउ पूर्जी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ असार २०७६
अमेरिकी दूतावासका प्रतिनिधिलाई सात दिनभित्र अदालत नआए पक्राउ पूर्जी


काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिलाई बकपत्रका लागि सात दिनभित्र अदालत नआए जरिवानासहित पक्राउ पूर्जी जारी गरी उपस्थित गराउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यसअघि पनि अमेरिकी दूतावासका अनुसन्धान अधिकृत जेम्स गुआन्सीलाई साक्षीका रुपमा अदालतमा आउन आदेश गरेको थियो ।

यसअघि चैत १२ मा दूतावासका प्रतिनिधिलाई बकपत्रका लागि उपस्थित हुन आदेश जारी भएको थियो । आदेश अटेर गरी अदालतमा उपस्थित नभएपछि सोही इजलासले अर्को आदेश गर्दै सात दिनको समय दिएको हो ।

सात दिनभित्र अदालत नआए दुई हजार रुपैयाँ जरिवानासहित पक्राउ पुर्जी जारी गरी उपस्थित गराउन दोस्रो पटक आदेश दिएको हो । नागरिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस