aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुबईकी रानी साढे ४ अर्ब र दुई बच्चा लिएर बेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ असार २०७६
दुबईकी रानी साढे ४ अर्ब र दुई बच्चा लिएर बेपत्ता

एजेन्सी । दुबईका राजकुमार शेख मोहम्मद बिन राशिद अल मकतूमका श्रीमती राजकुमारी हया बिन्त अल हुसैन बेपत्ता भएकी छन् । ३१ मिलियन पाउण्ड अथार्त करिब चार अर्ब ३३ करोड ६० लाख रूपैयाँ र दुई बच्चासहित उनी बेपत्ता भएकी हुन् ।

उनी दुबईका अर्बपति राजाकुमार मकतुमकी छैठौं श्रीमती हुन् । उनी जोर्डनका राजा अब्दुल्लाहकी सौतनी बहिनी हुन् । शेख मुहम्मद युएइका उपराष्टपति र प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका छन् ।

उनी लण्डनमा लुक्दै आएको बताईएको छ । दुबईबाट भाग्नुअघि उनी जर्मनी गएकी थिइन् । त्यहाँबाट उनले राजा शेख मोहम्मदसँग सम्बन्ध बिच्छेदन (तलाक) मागेकी थिइन् । 

अहिले राजकुमारी हयाले जर्मनीलाई राजनीतिक शरण दिन आग्रह गर्दै आएको जनाएको छ । जर्मनले नै उनलाई भाग्न मद्दत गरेको जनाईएको छ । यदि, जर्मनीले राजकुमारीलाई राजनीतिक शरण दिए राजनैतिक संकट हुने दुबईले चेतावनी दिएको छ । 

राजकुमार शेख मोहम्मदले जर्मनीसँग आफ्नो पत्नीलाई फिर्ता पठाउन जर्मनसँग आग्रह गर्दै आएका छन् । तर, जर्मनीले उनको अनुरोध अस्वीकार गरेको छ । 

यसअघि शेखको छोरी राजकुमारी लतिफाले पनि देश छोडेर भाग्ने कोशिस गरेकी थिइन् । उनलाई भारतको गोवाबाट उद्धार गरेर दुबईको शाही परिवारलाई बुझाइएको थियो ।

उनले आफ्नो पिताको अन्याय र अत्याचार खप्न नसकेर भाग्नुपरेको बयान दिएकी थिइन् । त्यसको केही समयपछि रानीले समेत देश त्याग्नुलाई अर्थ पूर्णरुपमा लिइएको छ । रानीको खोजीमा लाग्न युएई रोयल फ्यामेलीले सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस