aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

केजरीवालको 'हावादारी ट्विट' प्रति सिंगापुरको आपत्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ जेठ २०७८
केजरीवालको 'हावादारी ट्विट' प्रति सिंगापुरको आपत्ति

एजेन्सी। भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हावादारी ट्विट गरेको भन्दै सिंगापुरले आपत्ति जनाएको छ। उनले मङ्गलवार सिंगापुरमा कोरोना भाइरसको नयाँ र खतरनाक भेरीयन्ट फेला परेको भन्दै नयाँ दिल्ली र सिंगापुर बिचको हवाई सेवा बन्द गर्ने माग गरेका थिए।

केजरीवालले भनेका थिए कि सिंगापुरमा आएको कोरोनाको नयाँ रूप बच्चाहरूको लागि धेरै खतरनाक छ र भारतमा यो तेस्रो छालको रूपमा आउन सक्छ।

केजरीवालले आफ्नो ट्विटमा अपिल गरेका थिए- सिंगापुरसँगको हवाई सेवाहरू तत्काल रद्द गरिनु पर्छ र बच्चाहरूको लागि खोपका विकल्पहरू माथि प्राथमिकताका आधारमा काम गरिनुपर्दछ।

अरविन्द केजरीवालको ट्विटको जवाफमा भारतस्थित सिंगापुरको कूटनीतिक नियोगले 'यो सत्य होइन' भनेको छ। भारतमा रहेको सिंगापुर डिप्लोमेटिक मिसनको आधिकारिक ट्विटरमा केजरीवालको ट्विटलाई रिट्वीट गर्दै लेख्यो, "कोभिडको नयाँ भेरीयन्ट सिंगापुरमा आएको तपाईँको भनाइमा  कुनै सत्यता छैन।" 

अनुसन्धानले देखायो कि कोरोनाको बि. १. ६१७.२  संस्करण पछिल्लो हप्ताहरूमा बच्चाहरूमा फेला परेको छ। स्वास्थ्य मन्त्रालयले भने कि त्यहाँ कुनै सिंगापुर भेरिएन्ट छैन। जुन भेरियन्टलाई बि. १. ६१७.२  भनिन्छ त्यो सबैभन्दा पहिले भारतमा नै फेला परेको थियो। 

 

 

प्रतिक्रिया दिनुहोस