aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अख्तियारका आयिुक्तले भ्रष्टाचार गरेको रकम नायवसुब्बाको बैंक खातामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ असार २०७६
अख्तियारका आयिुक्तले भ्रष्टाचार गरेको रकम नायवसुब्बाको बैंक खातामा

काठमाडौं । घुस प्रकरणमा मुछिएर पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नायवसुब्बाका नाममा जम्मा गरेको खुलेको छ ।

आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नासु ललितकुमार झाका नाममा राखेको पाइएको हो।

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगमा बयान दिएका झाले डेढ करोडभन्दा बढी सम्पत्तिको स्रोत खुलाउन सकेका थिएनन्। स्रोत नखुलेको सम्पत्ति झाले पाठकमार्फत आर्जन गरेको अनुसन्धान अधिकृतको दाबी छ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै सञ्चालक लम्बोदर न्यौपानेबाट ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि आयुक्त पाठकले राजीनामा दिएका थिए।

राजीनामापछि आयोगले २०७५ चैत १२ गते पाठकविरुद्ध ७८ लाख रुपैयाँ बिगो र कैद सजाय मागसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। न्यौपानेविरुद्ध पनि ७८ लाख बिगो र कैद सजाय मागसहित दायर मुद्दा विशेषमै विचाराधीन छ। आयोगले पाठकका नजिकका सहयोगीको समेत सम्पत्तिमाथि छानबिन गरिरहेको स्रोतले बतायो। नागरिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस