aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

निषेधाज्ञामा कर र जरिवाना नलिनू :सर्वोच्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ जेठ २०७८
निषेधाज्ञामा कर र जरिवाना नलिनू :सर्वोच्च

काठमाडौं । सर्वाेच्च अदालतले निषेधाज्ञाको समयमा कर तिर्नको लागि करदातालाई ताकेता नगर्न सरकरको नाममा अन्तरिम आदेश दिएको छ ।

सर्वाेच्चका न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञाको समयमा कर असुलीको सुचना जारी नगर्न र निषेधाज्ञा सकिएपछि बाटोको म्यादबाहेक एक महिनाभित्र कर तिर्ने सूचना दिन सक्ने गरी अन्तरिम आदेश दिएको हो ।

निषेधाज्ञाको समयमा पनि आन्तरिक राजस्व विभागले म्याद तोकेर कर तिर्न ताकेता गरेको भन्दै व्यवसायीको तर्फबाट सृजना अधिकारी र शैलेन्द्र उप्रेतीले रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

महामारीको अहिलेको अवस्थामा कर तिर्न सक्ने अवस्था नरहेको सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ । करदातालाई न्यायोचित सुविधा र सन्त्रासको वातावरणबाट मुक्त राख्नु सरकारको दायित्व भएको र यसअघिका नजिरसमेत हेर्दा निषेधाज्ञाको अवधिमा कर तिर्न ताकेता गर्नु उचित नहुने आदेशमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस