aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

अर्थतन्त्र कोभिडको दोस्रो लहर र निषेधाज्ञाका कारण पुनः प्रभावित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ जेठ २०७८
अर्थतन्त्र कोभिडको दोस्रो लहर र निषेधाज्ञाका कारण पुनः प्रभावित

काठमाडौं । कोभिड–१९ को महामारी र संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण प्रभावित भई सुधार हुन थालेको अर्थतन्त्र कोभिडको दोस्रो लहर र निषेधाज्ञाका कारण पुनः प्रभावित हुन थालेको नेपाल राष्ट्र बैंकले औंल्याएको छ ।

कोभिडले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी फलोअप सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय बैंकले संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु चलायमान बनाउन सुझाव समेत दिएको छ ।

२०७७ असारमा कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण गरेको राष्ट्र बैंकले २०७७ मंसिरमा पहिलो पुनरावृत्ति सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा सहभागी व्यवसायीबाट पुनः तथ्यांक संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७८ वैशाख ५ देखि १४ गतेसम्म पुनरावृत्ति सर्वेक्षण गरेको राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षण प्रतिवेदनमा २०७७ असारको तुलनामा २०७८ वैशाखमा उद्योग÷व्यवसायको सञ्चालन, उत्पादन र कारोबारमा उल्लेख्य सुधार आए पनि वैशाख १६ गतेदेखि पुनः निषेधाज्ञा जारी भएकाले अर्थतन्त्र पुनः प्रभावित हुने आंैल्याइएको छ । ‘दोस्रो फलोअप सर्वेक्षण गरिसक्दा कोरोनाको दोस्रो लहरका कारण अधिकांश जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले अर्थतन्त्र पुनः प्रभावित हुने अवस्था आएको छ । कोभिड–१९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु पनि चलयमान बनाइरहनु पर्ने खाँचो छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ ।

सर्वेक्षणमा कोभिड महामारी पूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत मात्र उद्योग÷व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ वैशाखमा बढेर ८१.२ प्रतिशत पुगेको देखिएको छ । सर्वेक्षणमा सहभागी विद्युत्, ग्यास तथा पानी र सञ्चार क्षेत्रका शतप्रतिशत उद्योग÷व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेको देखिएको छ भने हालसम्म पनि ४.२ प्रतिशत उद्योग÷व्यवसायहरु सञ्चालनमा आउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशतमात्र उत्पादन÷कारोबार रहेकोमा २०७८ वैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१.४ प्रतिशत पुगेको छ । अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन÷कारोबार बढे पनि होटल तथा रेष्टुरेन्ट भने उत्पादन तथा कारोबारको स्थिति ४०.८ प्रतिशत मात्र पुगेको छ, जुन अन्य व्यवसायहरु भन्दा सबैभन्दा कम हो ।

राष्ट्र बैंकले ०७७ असारमा सहभागी ६७४ जना उद्योगी(व्यवसायीहरुलाई ०७८ वैशाख ५ गतेदेखि १४ गतेसम्म टेलिफोन अन्तरवार्तामार्फत सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा असारमा सहभागी उत्तरदाताहरुमध्ये करिब ८४ प्रतिशत अर्थात् ५६२ जनाले सहभागिता जनाएका छन् ।कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस