
एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य नौ करोड नाघेका छन् । पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरण अनुसार पार्टी सदस्यको संख्या नौ करोड नाघेको हो ।
२०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख गरिएको छ । सन् २०१७ को तुलनामा पार्टीका सदस्य १० लाखले वृद्धि भएका छन् । सन् २०१८ मा मात्र २० लाख नयाँ सदस्य थपिएको पार्टीले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो संख्या २०१७ भन्दा ३९ हजारले बढी हो । पार्टीका नयाँ सदस्यहरुमध्ये ४५ प्रतिशतले उच्च अध्ययन गरेका छन् । ८० प्रतिशत भन्दा बढी सदस्यहरु ३५ वर्ष वा सोभन्दा बढी उमेरका छन् । चिनियाँ कम्युनिष्ट पार्टी सन् १९२१ मा स्थापना भएको थियो ।
प्रतिक्रिया दिनुहोस