aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

धान दिवसमा बिक्यो ७ करोडको दही

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ असार २०७६
धान दिवसमा बिक्यो ७ करोडको दही

काठमाडौं । उपत्यकामा एक दिनमै ७ करोडको दही बिक्री भएको छ । असार १५ मा धान दिवस मनाउने र दही चिउरा खाने चलन छ । यसले गर्दा एक दिनमै दहीको कारोबार यति धेरै भएको हो ।

सामान्य दिनभन्दा असार १५ मा उपत्यकामा दहीको माग १० गुणाभन्दा बढी हुन्छ । माग अत्यधिक भएकाले ठूलो उद्योगीलाई यो दिन भ्याइनभ्याइ हुन्छ । दूध अभाव र उत्पादन क्षमता कम भएका कारण माग अनुसार उत्पादन गर्न छैन ।

असार १४ गतेदेखि नै आमउपभोत्ताले दहीको जोहो गरी घरमा राख्ने गर्छन् । माग बर्सेनि बढ्दै गएपनि यही समयमा हुने कच्चा दूधको अभावका कारण मागलाई सम्बोधन गर्न नसकिएको उद्योगीको भनाइ छ ।

यो वर्षको असार १५ गते उपत्यकामा मात्रै ७ लाख लिटर दही बिक्री भएको छ । यसलाई पैसामा परिणत गर्दा एक दिनमा ७ करोड मूल्य बराबरको कारोबार देखिन्छ । दहीको औसत मूल्य सय रुपैयाँ प्रतिलिटर छ ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) सहित निजी क्षेत्रको ३० वटा डेरीबाट उत्पादित यो परिमाणमा दहीको कारोबार भएको हो । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस