aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

राष्ट्रपतिद्वारा शपथसम्बन्धी अध्यादेश जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ जेठ २०७८
राष्ट्रपतिद्वारा शपथसम्बन्धी अध्यादेश जारी

 काठमाडौं।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । वैशाख ३१ मा प्रधानमन्त्रीको शपथ विवादमा तानिएको थियो । शपथमा प्रधानमन्त्री ओलीले प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण गरेका थिएनन् भने त्यसबारे सर्वोच्चमा मुद्दा परेको छ ।

सो मुद्दामा अदालतले अन्तरिम आदेश नदिएपछि १५ दिनभित्र जवाफ दिन आदेश जारी गरेको सन्दर्भमा त्यही विषयलाई केन्द्रीत गरेर अध्यादेश ल्याइएको बुझिएको छ ।  यस्तै राष्ट्रपति भण्डारीले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश पनि जारी गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस