aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
उडानको अनुमति

चार्टर्ड उडानबाट नेपाली नागरिक पनि विदेश जान पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ जेठ २०७८
चार्टर्ड उडानबाट नेपाली नागरिक पनि विदेश जान  पाउने

काठमाडौं । अब चार्टर्ड उडानबाट नेपाली नागरिकले समेत हवाई उडान गर्न सक्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बुधबार यस्तो सर्कुलर आएको छ ।

सरकारले नियमित उडान रोकेर चार्टर्ड उडानलाई भने अनुमति दिएको छ । अहिले चार्टर्ड उडानमा विदेशी नागरिकलाई मात्र उडानको अनुमति दिइएको थियो । प्राधिकरणका अनुसार नयाँ निर्णय अनुसार अब नेपालबाट विदेश जाने प्रयोजनका लागि नेपालीले समेत अनुमति पाउने छन् ।यसले वैदेशिक रोजगारीमा जान अड्किएका नेपाली नागरिक लाभान्वित हुने भएका  छन् । 

प्रतिक्रिया दिनुहोस