aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

१६ वर्षको उमेरमै सरकारी सेवा प्रवेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ असार २०७६
१६ वर्षको उमेरमै सरकारी सेवा प्रवेश

काठमाडौं । सरकारी सेवामा प्रवेश उमेर घटाएर १६ देखि ३० बनाउने प्रस्ताव संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गरेको छ । महिला र अपांगताको हकमा २३ वर्ष बनाउन प्रस्ताव गरिएको हो ।

यस विषयमा अन्य कानुन बाझिए–नबाझिएको हेरेर उक्त व्यवस्था गर्न समितिकी सभापति शशी श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएकी छन् । विधेयकको दफा १३ मा रहेको ‘उम्मेदवार हुनका लागि अयोग्यता’ माथि दफावार छलफल गर्दै सांसदले लोकसेवा प्रवेशको न्यूनतमदेखि अधिकतम उमेरसम्म घटाउने प्रस्ताव गरेका थिए ।

विधेयकमा राजपत्र अनंकित वा सोसरहको हकमा न्यूनतम उमेर १८ वर्ष रजपत्रांकित वा सोसरहको हकमा २१ वर्ष प्रवेश उमेर छ र अधिकतम उमेर पुरुषका हकमा ३५ र महिलाका हकमा ४० छ । खबर आजको राधजानी दैनिकमा छापिएको छ। 

प्रतिक्रिया दिनुहोस