aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अष्ट्रेलियाले कोभिडविरुद्धको प्रतिकार्यमा नेपाललाई ६३ करोड ५० लाख सहयोग गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ जेठ २०७८
अष्ट्रेलियाले कोभिडविरुद्धको प्रतिकार्यमा नेपाललाई ६३ करोड ५० लाख सहयोग गर्ने

काठमाडौं । अष्ट्रेलियाले कोभिड¬१९ विरुद्धको प्रतिकार्यका लागि नेपाल सरकारलाई ६३ करोड ५० लाख उपलब्ध गराउने भएको छ । अत्यावश्यक उपकरण अक्सिजनसहितका स्वास्थ्य सामग्री खरिद तथा प्रादेशिक अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण खरिद गर्न उक्त रकम प्रदान गरिएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ । 

नेपालका स्थानीय तहमा आम नेपालीका बीच कार्यरत अमेरिकी, बेलायती, जापानी र राष्ट्रसङ्घीय निकायमार्फत सहायता परिचालन गरिने उक्त दूतवासले बताएकोछ  ।

प्रतिक्रिया दिनुहोस