aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चुनाव भन्दा थुतुनो पोल्यो अब म त्यो चाहन्न: प्रधानमन्त्री ओली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ जेठ २०७८
चुनाव भन्दा थुतुनो पोल्यो अब म त्यो चाहन्न: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ले अहिले चुनाव नचाएको बताएका छन्। शुक्रवार प्रधानमन्त्री निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

पत्रकार सम्मेलनमा सोधिएको प्रश्नहरूको जवाफ दिने क्रममा उनले चुनाव नहुने वातावरण नबनाउन अन्य दललाई आग्रह गरेका छन्। यदि अब जसरी पनि चुनावमा जानै पर्ने अवस्था आयो भने त्यसको जिम्मेवारी र दोष विपक्षी दलहरूले नै लिनुपर्ने उनको भनाई रहेको छ।

आफू अब थप सरकार चलाउन इच्छुक नरहेको बताउँदै ओलीले बहुमत पुर्‍याएर सरकार बनाउन आफू विरोधी दलहरूलाई अनुरोध गरेका छन्।

यदि अन्य दलले सरकार नबनाउने भए आफूलाई नै समर्थन गरेर सर्वदलीय सरकार चलाउन समेत उनले राजनीतिक दललाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस