aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

राधेराधेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ असार २०७६
राधेराधेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर । मध्यपुर थिमि राधेराधेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार राति काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ ख ५३४३ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३ ००६ प ४९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोलुखुम्बु पान्चानका २९ वर्षीय फ्रेमकुमार राई छन् ।

तीव्रगतिमा आएको टिपरले मोटरसाइकललाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको महानगरीय प्रहरी वृत्त थिमि प्रमुख डीएसपी शान्तिराज कोइरालाले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिने टिपर चालक फरार छन् । टिपरको ठक्करबाट गम्भीर घाइते राईको उपचारको क्रममा मध्यपुर अस्पताल थिमिमा ज्यान गएको हो । 

प्रतिक्रिया दिनुहोस