aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अब कोरोना सङ्क्रमित पत्ता लगाउने जिम्मा कुकुरलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ जेठ २०७८
अब कोरोना सङ्क्रमित पत्ता लगाउने जिम्मा कुकुरलाई

एजेन्सी। वैज्ञानिकहरूले कोरोना भाइरसको सङ्क्रमित पत्ता लगाउन पीसीआर तथा एन्टीजेन परीक्षणको सट्टा अब कुकुरलाई प्रयोग गर्ने तयारी गरेका छन्। यो हुने बित्तिकै अब लागूपदार्थदेखि बमसम्म सबै चीजहरू सुँघ्न प्रयोग गरिएका कुकुरहरूलाई कोभिड-१९ सङ्क्रमित सुँघ्न समेत प्रयोग गरिने छ। 

ब्लूमबर्गले प्रकाशित गरेको समाचार अनुसार एउटा नयाँ फ्रान्सेली अध्ययनले यस्तो सम्भावनालाई बलियो बनाएको हो। 

कुकुरहरूले भाइरस पत्ता लगाउन सक्ने क्षमताको संवेदनशीलता ९७ प्रतिशत देखिएको छ।  जुन कोरोना सङ्क्रमित पत्ता लगाउने  सबैभन्दा भरपर्दो विधिलाई र्यापिड एन्टिजेन परीक्षण भन्दा राम्रो हो। अध्ययनमा कुकुरको सुँघ्ने विधि पनि ९१ प्रतिशत विशिष्ट पाइएको थियो जसले कोरोनाको नकारात्मक नमुनाहरू पहिचान गर्न सफल भए। कुकुरको 'संवेदनशीलता रेटिंग' धेरै १५ मिनेटको एन्टिजेन परीक्षणहरूको तुलनामा उच्च छ, जुन सङ्क्रमण फेला राम्रो हुन्छ भन्ने अनुसन्धानकर्ताको ठहर छ।

युरोपले दुई दिन अघि बुधवारदेखि खोप लगाएका टुरिस्टका लागि त्यहाँ भ्रमण अनुमति दिएको छ। ब्लुमबर्गले  जनाए अनुसार भाइरस सुँघ्ने कुकुरहरू  एयरपोर्टहरू, रेल स्टेसनहरूमा वा जहाँसुकै  मानिसहरूको भीड हुने ठाउँमा  व्यापक रूपमा परिचालित हुन सक्छन्। जसरी तिनीहरूलाई लागु औषध वा बम पत्ता लगाउन प्रयोग गरिएको थियो त्यही तरिकाले पेग गर्ने बारे त्यहाँ तयारी भइरहेको छ ।

 कुकुरहरूको उपयोगबाट कोरोना सङ्क्रमितको पहिचान गर्न सके त्यो धेरै नै सस्तो हुने भन्दै यो विधिलाई अझ बढी प्रमाणित गर्ने र धेरै भन्दा धेरै कुकुरलाई यस्तो तालिम दिने तयारीमा युरोप लागेको छ। 

फ्रान्सको नेशनल भेटनरी स्कुलमा यसबारे सम्पन्न गरिएको थियो। ब्लूमबर्गका अनुसार यस परीक्षणको बारेमा केही थप विवरण पनि सार्वजनिक गरिएको थियो।

फ्रान्सको पेरिसको नजिकै मैसन आल्फर्टमा रहेको नेशनल भेटनरी स्कुलमा गरिएको उक्त परीक्षणमा भाग लिनेको काखीको पसिनाका नमुनाहरू कपासको प्याडसहित सङ्कलन गरिएको थियो।  हरेक त्यस्ता प्याडलाई कम्तीमा दुई फरक कुकुरलाई सुँघ्नका लागि दिइयो। यसरी दिएका ३३५ नमुना मध्ये कुकुरले १०९ जना सङ्क्रमित भएको जनाउ दिए। जुनपछि पीसीआर परीक्षणमा समेत सही ठहरियो।  

गएको जुलाईमा,जर्मन अनुसन्धानकर्ताहरूले  प्रशिक्षित कुकुरहरूले भाइरल सङ्क्रमित व्यक्तिहरू  पहिचान गर्ने कुरा थाहा पाएका थिए। त्यो अनुसन्धानमा पनि कुकुरहरूले ९० भन्दा बढी सङ्क्रमित नमुना छुट्टाउन सके। अहिले फिनल्यान्ड, दुबई र स्विजरल्याण्डले पनि कुकुरहरूलाई सङ्क्रमण पहिचान गर्ने प्रशिक्षण दिन थालेका छन्।

अहिले कुकुरहरूलाई प्रशिक्षण दिन प्रयासहरू युरोप र विश्वभरि नै चलिरहेका छन्। बेलायतमा लन्डन स्कुल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनको टोलीले  कुकुरलाई तालिम दिंदैछ। उनीहरू कुकुरले कुनै लक्षण नभए पनि कोभिड-पोजेटिभ व्यक्ति पत्ता लगाउन सक्षम हुनेछन् भन्ने आशामा रहेका छन्। फिनल्यान्डमा सेन्फिफर कुकुरहरूले सेप्टेम्बरदेखि हेल्सिन्की एयरपोर्टमा सङ्क्रमित यात्रुहरूको पहिचान गर्ने काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस