aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

‘ इतिहासमा भिन्न प्रकारको कोतपर्व भयो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०८ जेठ २०७८
‘ इतिहासमा भिन्न प्रकारको कोतपर्व भयो’

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेको प्रति इतिहासमा भिन्न प्रकारको कोतपर्व भनेका छन् । कोरोना महामारीका बेला जनता मृत्युसँग जधिरहेका बेलामा मध्यावधि चुनाव लागि सरकारको तयारी महँगो पर्ने बताएका छन् । प्रवक्ता शर्माले ट्विटरमार्फत अंहकारको वृक्षमा विनाशको फल लाग्ने जनाएका छन् ।  

उनले लेखेका छन्, ’अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो  । बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ ।’ 

संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महँगो पर्ने पनि चेतावनी समेत दिएका छन । उनले ट्वीट मार्फत थप लेख्दै भनेका छन्, 'जनताको र लोकतन्त्रको अघि हुने भन्दै संविधानलाई पुनर्जीवन दिइने छ ।' 
 

प्रतिक्रिया दिनुहोस