
एजेन्सी। विगत केही महिना देखी गायब पारिएकी दुबईकी राजकुमारी लतीफाका केही तस्बिर उनको इन्स्टाग्राममा पोस्ट भएका छन्। तीन महिना अघि उनको एउटा भिडियो सार्वजनिक भएको थियो जसमा उनले आफूलाई बन्धक बनाइएको र आफ्नो जीवन खतरामा रहेको बताएकी थिइन्।
त्यस यता राजकुमारी लतीफाहलाई न त देखिएको छ न त उनी बारे कुनै जानकारी नै बाहिर आएको छ। बिबिसीले यस हप्ता सामाजिक सञ्जालमा पोस्ट भएका उनका तस्बिरको सत्यताको पुष्टि गर्न असमर्थ रहेको जनाएको छ।
तर, राजकुमारी लतीफाको साथीले तस्बिरमा देखिने महिला राजकुमारी लतीफा नै हुन् भनी पुष्टि गरेकी हुन्। बिबिसीको राजकुमारी लतीफाको यो तस्बिरको सार्वजनिकीकरण कुनै अज्ञात घटनासँग सम्बन्धित रहेको अनुमान लगाएको छ।
फ्री लतीफा अभियानका सह-संस्थापक डेभिड हेगले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, "हामी यस अभियानमा धेरै सकारात्मक र महत्त्वपूर्ण घटनाक्रम भएको कुरा पुष्टि गर्न सक्छौँ। अहिले हामी यस विषयमा टिप्पणी गर्न चाहँदैनौँ तर कहिले समय उपयुक्त हुन्छ यसबारे अर्को एक विज्ञप्ति जारी गर्नेछौँ। "
संयुक्त राष्ट्र सङ्घले भर्खरको तस्बिरबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। राष्ट्र सङ्घले, "राजकुमारी लतिफाको अस्तित्वलाई समर्थन गर्ने ठोस प्रमाणहरू" को प्रतीक्षा गरिरहेको जनाएको छ। संयुक्त राष्ट्रले भनेका छ कि अरब एमिरेट्सले यस सम्बन्धमा जानकारी दिने वाचा गरेको छ।
तस्बिरमा के देखिन्छ ?
यस तस्बिरमा, राजकुमारी लतीफा दुबईको शपिंग मलमा अन्य दुई महिलाहरूसँग बसिरहेको देखिन्छ। राजकुमारी लतीफाका साथीहरूले बिबिसीलाई बताइन् कि उनलाई ती चित्रमा देखाइएका दुवै महिलाहरू छन् र राजकुमारी लतीफा पनि उनीहरूलाई चिन्छिन्।
यो तस्बिर उल्टाइएको छ। जसको पछाडि "डेमन स्लेयर: मुगेन ट्रेन" नामको फिल्मको विज्ञापन छ। यो फिल्म यही वर्ष मे १३ मा दुबईमा रिलिज भएको थियो।यस तस्बिरलाई बिहीबार राजकुमारी लतीफासँगै बसेका दुवै महिलाको इन्स्टाग्राममा अपलोड गरिएको थियो। ती मध्ये एकले लेखेकी छिन्, "मल एमओईमा साथीहरूको साथ, एक सुन्दर साँझ।"
राजकुमारी लतीफाको स्वास्थ्य र फोटोको बारेमा थप जानकारीको लागि बिबिसीले ती दुई महिलालाई सम्पर्क गर्न खोज्यो तर दुवैले बिबिसीलाई कुनै जवाफ दिएका छैनन्।
ह्युमन राइट्स वाच एड्भोकेसी ग्रुपका केनेथ रसले बिबिसीलाई भने, "यदि हामी यो तस्बिर वास्तविक हो भने यसले राजकुमारी लतीफा जीवित छिन् भन्ने प्रमाण दिन्छ तर उनलाई बन्धक बनाई राखिएको छ वा मुक्त गरिएको छ भन्ने बारेमा कुनै जानकारी उपलब्ध छैन।"
शाही परिवारले अहिले सम्म यस तस्बिरबारे कुनै टिप्पणी गरेको छैन। यस वर्षको फेब्रुअरीमा बिबिसीलाई भनिएको थियो "राजकुमारी लतीफा घरमा छिन् र उनको हेरचाह गरिरहेछ।"
उनीबारे युएईले एक विज्ञप्ति जारी गरेको थियो, "उनको स्वास्थ्यको ख्याल राखिएको छ र आशा छ कि उनी छिट्टै सार्वजनिक जीवनमा फर्किनेछ"।
राजकुमारी लतीफालाई के भएको थियो ?
राजकुमारी लतीफह दुबईका शासक शेख मुहम्मद बिन रशीद अल मकतूमको २५ सन्तानहरूमध्ये एक हुन्। फेब्रुअरी २०१८ मा लतीफाले देश छोडेर भाग्न खोजिन्, तर भारतको समुद्री सिमानामा उनलाई समातियो।
भाग्नु भन्दा ठिक अघि, लतीफाले एउटा भिडियो रेकर्ड गरेकी थिइन्। जसमा उनले भनेकी छिन् , "मलाई गाडी चलाउन अनुमति छैन। मलाई दुबई यात्रा गर्न वा छोड्न अनुमति छैन। म सन् २००० पछि देशबाट बाहिर गएको छैन। म यात्रा गर्न, अध्ययन वा कुनै सामान्य कुरा गर्नको लागी अनुमति माग्दै छु। तर, उनीहरूले त्यो खारेज गरिदिए। म बाहिर निस्कन चाहन्छु।"
तर उनको देश छोड्ने प्रयास असफल साबित भयो। उनलाई भारतको समुद्री सिमाना नजिकको कमाण्डोले समातेर दुबई फिर्ता पठाएका थिए। यसपछि, २०२१ फेब्रुअरीमा बिबिसी पनोरमाले राजकुमारी लतीफाद्वारा गोप्य रूपमा बनाइएको भिडियोहरू प्रसारण गर्यो। यी भिडियोहरूमा लतीफाले भनेकी छिन् कि उनी दुबई फर्किएपछि कैदमा परेकी छन्।
उनले आफूलाई झ्याल नभएको दरबारमा एक्लै राखिएको बताएकी थिइन्। जसको ढोका कडा सुरक्षामा बन्द छ। त्यहाँ उनले मेडिकल र कानुनी सुविधा नपाएको बताएकी थिइन्।
प्रतिक्रिया दिनुहोस