aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

एन्टिबडी पत्ता लगाउने किट भारतले विकास गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ जेठ २०७८
एन्टिबडी पत्ता लगाउने किट भारतले विकास गर्यो

नयाँ दिल्ली । भारतको रक्षा अनुसंधान र विकास संगठन (डीआरडीओ) को हिस्साको रुपमा रहेको एक प्रयोगशालाले कोविड १९ को एन्टिबडी पत्ता लगाउने किट  डिपकोभान विकसित गरेको छ। डिफेन्स इंस्टिट्यूट ऑफ फिजियोलजी एण्ड एलाइड साइंसेज (डिपास) ले डिपास(भिडिएक्स कोविड १९ आइजीजी एंटीबॉडी माइक्रोवेल एलिसा सेरो सर्भेलेन्स विकास गरेको हो।

थप जानकारी प्रदान गर्दै शुक्रबार रक्षा मन्त्रालयले भने कि डिपकोभान किटले ९७ प्रतिशतको उच्च संवेदनशीलता र ९९ प्रतिशतको विशिष्टता साथ सार्स(कोभ (२ भाइरसको न्यूक्लियोकैप्सिड (एसरएन) प्रोटीन पत्ता लगाउन सक्छ। किट नयाँ दिल्ली स्थित डीआरडीओको उद्योग साझेदार रहेको एक विकास तथा निर्माण निदान कम्पनी भानगार्ड डायग्नोस्टिक्स प्रा।लि।को सहयोगमा विकसित गरिएको छ।

डिपकोभान किट वैज्ञानिकहरू द्वारा स्वदेशी रूपमा विकसित गरिएको थियो, जस पछि यस किटलाई दिल्लीमा विभिन्न कोविड अस्पतालहरूमा १,००० भन्दा बढी बिरामी नमूनाहरूमा व्यापक प्रमाणीकरण गरियो। उत्पादनको तीन ब्याचहरू पछिल्लो एक बर्षमा मान्य भयो। यस वर्ष अप्रिलमा, एन्टिबडी पत्ता लगाउने किटलाई भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर)द्वारा अनुमोदन गरिएको थियो।

एक महिना पछि बिक्री र वितरण को लागि उत्पादन गर्न भारतको औषधि नियन्त्रण जेनरल (डिसिजीआई), केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडिएससीओ), स्वास्थ्य र परिवार कल्याण मन्त्रालयबाट नियामक स्वीकृति प्राप्त भयो।

डिपकोभान सार्स(कोभ (२ सम्बन्धित एन्टिजेनहरूलाई लक्षित गर्दै मानव सीरम वा प्लाज्मामा आइजीजी एंटीबॉडीहरूको गुणात्मक पहिचानको लागि विकास गरिएको हो। यसले द्रुत गतिमा विश्वासिलो नतिजा प्रदान गर्दछ, यस किटले अन्य कुनै रोग कुनै क्रस प्रतिक्रिया नगरी ७५ मिनेट मा टेस्ट सम्पन्न गर्न सक्छ।ू रक्षा मन्त्रालयले भने।

१८ महिनाको शेल्फ लाइफको साथ यो किट जूनको पहिलो हप्तामा व्यावसायिक प्रयोजनका लागि उपलब्ध हुने छ र प्रति टेस्ट करिब ७५ रुपैयाँ लाग्ने अनुमान गरिएको छ। किट कोविड १९ महामारीको बारे विस्तृत रुपमा बुझ्न र एक व्यक्तिको अघिल्लो सार्स(कोभ (२ संक्रमण आकलन गर्न धेरै उपयोगी हुनेछ, रक्षा मन्त्रालयले औंल्यायो। इण्डिया  न्युजनेटवर्क
 

प्रतिक्रिया दिनुहोस