aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

भारतीय विद्यार्थीले कोरोना योद्धाका लागि नौलो किसिमको पीपीई किट बनाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० जेठ २०७८
भारतीय विद्यार्थीले कोरोना योद्धाका लागि नौलो किसिमको पीपीई किट बनाए

नयाँ  दिल्ली । पीपीईले डाक्टरहरू र स्वास्थ्यकर्मीहरूलाई कोविड १९ महामारी बिरूद्ध लडाईमा सुरक्षा प्रदान गर्दछ तापनि यस सेटलाई लगातार १० देखि १२ घण्टा लगाउनु सजिलो काम होइन। स्वास्थ्यकर्मीहरू भन्छन कि पीपीई सूटमा लामो घण्टासम्म काम गर्दा सास फेर्न गाह्रो हुन्छ, पसिनाले सम्पूर्ण शरीर नुहाएको जस्तो हुन्छ, अझ गर्मी मा यो लगाएर काम गर्नु नर्क भोगे समान दुखदायी हुन्छ।

अब यो सबै विगतको कुरा हुनेछन् किनकि मुम्बईको के जे सोमैया कलेज अफ इन्जिनियरिंगका स्नातक विधार्थी ले एउटा प्रविधि विकास गरेको छ जसले पीपीई सूटलाई कम तातो र आर्द्र बनाउँदछ। जसले गर्दा स्वास्थ्य कर्मीलाई पीपीईको पहिरन कम बोझिला र कम पीडादायी हुनेछ।

एक कम्प्याक्ट र फ्रुगल इनोभेसन प्रणालीको नामले चिनिने कोभ-टेकले पीपीई किट्सको लागि भेन्टिलेसन मा सहयोग पुर्‍याउँछ। यसले गर्दा यो सेट लगाएर जति नै काम गरे पनि ठण्डा महसुस हुन्छ। कोभिड १९ युद्ध विरुद्ध लडिरहेका स्वास्थ्यकर्मीहरूको लागि यस विकास ले पक्कै पनि आवश्यक राहत प्रदान गर्नेछ।

ूकोभ(टेक भेन्टिलेसन प्रणालीमा पीपीई लगाइरहँदा पनि फ्यान मा बसेको जस्तो ठण्डीको अनुभब दिन्छ। यसले वरपरको हावा लिन्छ, यसलाई फिल्टर गर्दछ र पीपीई सूट भित्र पठाउँछ। सामान्यतया, भेन्टिलेसनको कमीको कारणले,पीपीई सूट भित्र गर्मी हुन्छ, पसिना धेरै बग्छ। हाम्रो समाधानले भित्र स्थिर हावा प्रवाह बनाएर यस समस्या बाट पूर्ण रूपमा छुट्कारा दिनेछ। कूल पीपीई किटका विकासकर्ता, अन्वेषक निहाल सिंह आदर्शले प्रेस सूचना ब्यूरोलाई बताए।

ूभेन्टिलेसन प्रणालीको डिजाईनले पीपीई किटबाट पूरा हावा सील सुनिश्चित गर्दछ। यसले केवल १०० सेकेन्डको अन्तरालमा प्रयोगकर्तालाई ताजा हावा प्रदान गरिरहन्छ। इन्जिनियरिङ कलेजका दोस्रो वर्षका विद्यार्थीले भने। कोभ-टेक भेन्टिलेसन प्रणालीको बजारमा हाल मूल्य ५४९८ रुपैयाँ प्रति पिस पर्दछ। तर यसको उत्पादन आउने दिनमा बढ्ने हुनाले यसको बजार मूल्य घटाउने योजना रहेको छ। इण्डिया न्युजनेटवर्क

प्रतिक्रिया दिनुहोस