aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

प्रदेशसभाको आठौँ अधिवेशन जेठ १६ गतेका लागि आह्वान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० जेठ २०७८
प्रदेशसभाको आठौँ अधिवेशन जेठ १६ गतेका लागि आह्वान

वाग्मती । वाग्मती प्रदेशका प्रमुख विष्णु प्रसाईंले प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार भएको सिफारिसमा अधिवेशन अह्वान गरिएको हो । प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आठौँ अधिवेशन यही जेठ १६ गते आइतबार अपराह्न ३ः०० बजेका लागि आह्वान गरेका उनको सचिवालयले जनाएको छ । 

आठौँ अधिवेशनको पहिलो दिनमै सरकारले प्री बजेट प्रस्तुत गर्ने र क्रमशः नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गर्ने जनाइएको छ । संविधानमा व्यवस्था भएअनुरुप प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रस्तुत गर्नेछ । असार १ गते प्रस्तुत हुने बजेट निर्माणका लागि सरकार लागिपरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस