aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

१४६ निवर्तमान सांसदबाट रिट निवेदन, छुटेका निवर्तमान सांसदले भने माधव पक्षमै छु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० जेठ २०७८
१४६ निवर्तमान सांसदबाट रिट निवेदन, छुटेका निवर्तमान सांसदले भने माधव पक्षमै छु

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना  र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै आज निवर्तमान सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन ।

त्यस्तै, नेकपा एमालेका केहि नेताहरु हस्ताक्षर कार्यक्रममा अनुपस्थिति भएको खबर बाहिर आएपछि पूर्वमन्त्री तथा एमालेका नेता गोकर्ण विष्टले आफू माधव नेपाल पक्षमा नै रहेको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका छन् । उनले, 'आफू उच्च ज्वरोका कारण हस्ताक्षर कार्यक्रममा उपस्थिति हुनसकेको हो ।' 

कांग्रेस सभापति देउवा, नेपाल(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका नेतृत्वमा १४६ निवर्तमान सांसदले आज अपराह्न निवेदन दिएका हुन । 

प्रतिक्रिया दिनुहोस