
काठमाडौं । नेकपा एमालेमा एक अर्कालाई कारबाही गर्ने शिलशिला अझै सकिएको छैन । सोमबार वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । बालुवाटारमा बसेको स्थायी समिति बैठकले खनाल नेपाल सहितका स्पष्टीकरण सोधेपछि ११ नेतालाई पार्टीबाट निष्काशन गरेको हो ।
बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पार्टी सदस्य नै नरहने गरी कारवाहीमा परेका छन। उनीहरुलाई ओली पक्षले गत शुक्रबार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउका लागि समर्थन गरेको आरोपमा निष्कासन गरिएको हो ।
सुरेन्द्र पाण्डे, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ,यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस