aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

'भारत निर्मित नेजल(नाकबाट लिइने) खोप बच्चाहरूको लागि निकै प्रभावकारी'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ जेठ २०७८
'भारत निर्मित नेजल(नाकबाट लिइने) खोप बच्चाहरूको लागि निकै प्रभावकारी'

नयाँ दिल्ली ।  भारतले कोविड १९ को दोस्रो लहरसँग संघर्ष गरिरहेको छ र चिकित्सा विशेषज्ञहरूले यो रोगको अर्को लहरले बच्चालाई बढी असर गर्ने संकेत गरेको जानकारी दिएका छन्। यसैबीच, विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक डा.सौम्या स्वामिनाथनले भारत निर्मित नेजल खोपहरू निकै प्रभावकारी हुन सक्ने बताएकी छिन्।

अर्को वर्ष उपलब्ध हुने आशा गरिएको नेजल खोपहरूको बारेमा बोल्दै, स्वामिनाथनले सीएनएन न्यूज १८ को अन्तर्वार्तामा भनिन्, “भारतमा बनाउने केही नेजल खोपहरू बच्चाहरूको लागि निकै प्रभावकारी हुन सक्छ। यो खोप दिन सजिलो हुनेछ र श्वासप्रश्वास को प्रतिरोधात्मक क्षमता पनि बढाउने छ। बाल रोग विशेषज्ञ र क्लिनिकल वैज्ञानिक स्वामीनाथनले शिक्षक को टीकाकरण र स्कुलहरु सामुदायिक प्रसारण को जोखिम कम भएपछि मात्र खोल्नुपर्ने मा जोड दिइन्।

ूअन्ततः हामी बच्चाहरुका लागी एक खोप बनाउने छौं भनेर म धेरै आशावादी छु। तर यो निर्माण यस बर्षमा हुने छैन, र हामीले सामुदायिक प्रसारण कम भएपछि मात्र विद्यालयहरू खोल्नु पर्छ। अन्य सावधानीका साथ बाँकी देशहरूले यही गरे। र यदि शिक्षकहरूलाई खोप दिइयो भने त्यो एक ठूलो कदम हुनसक्दछ, उनले भनिन्।

डब्ल्यूएचओका प्रमुख वैज्ञानिकले कोविड १९ को थप प्रसार रोक्न जनसंख्यामा द्रुत टीकाकरणको प्रभावकारितालाई जोड दिए। यद्यपि भारतले १८ बर्ष भन्दा कम उमेरका बच्चाहरु वा व्यक्तिहरुलाई भने खोप लगाएको छैन।

कोविड को तेस्रो लहर आउन अगावै चिकित्सा समुदाय बच्चाहरूको लागि प्रभावी र सुरक्षित खोपको मांग गरिरहेका छन्। स्वामीनाथनले जानकारी दिइन्।
संयुक्त राज्यमा, फाईजरको इन्जेक्सन १२ देखि १५ वर्ष उमेरका बच्चाहरूलाई प्रयोग गर्नका लागि अनुमोदन भइसकेको छ, उनले औंल्याइन्।

वर्तमानमा, भारतमा १२ वर्ष भन्दा माथि उमेरका बच्चाहरूको लागि जाइडसको जाइकोभ(डी र भारत बायोटेकको को कोभाक्सिन ९वयस्कहरूको लागि पहिल्यै प्रयोग भइरहेको छ० को परीक्षण चलिरहेको छ। इण्डिया न्युज

प्रतिक्रिया दिनुहोस