aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

पूर्व सैनिक कमाण्डरको कमाण्डमा कोरोना रोकथाम तथा नियन्त्रण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ जेठ २०७८
पूर्व सैनिक कमाण्डरको कमाण्डमा कोरोना रोकथाम तथा नियन्त्रण

काठमाडौं । सरकारले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई हटाएर नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । सीसीएमसी प्रमुख कार्यकारी निर्देशकमा शर्मालाई सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नियुक्त गरेको हो ।

सरकारले यसै साता जारी गरेको स्वास्थ्य आपतकालसम्बन्धी अध्यादेशले सीसीएमसीको संरचनामा परिवर्तन गरेर प्रमुख कार्यकारी निर्देशक नियुक्तिको प्रावधान थपेको थियो । स्वास्थ्य अध्यादेशमा  उक्त प्रावधान थप गरेपछि शर्मालाई सीईओ बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस