aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

बैंकको साढे १३ हजार करोड डुबाएर हिरा व्यापारी बेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ जेठ २०७८
बैंकको साढे १३ हजार करोड डुबाएर हिरा व्यापारी बेपत्ता

एजेन्सी। भारतको पन्जाब नेशनल बैंक घोटालाका प्रमुख आरोपी हिरा व्यापारी मेहुल चोकसीको बेपत्ता भएका छन्। सन् २०१८ मा भारतबाट फरार भएपछि उनी क्यारिबियन देश एन्टिगुवा एण्ड बारबुडामा बस्दै आएका थिए।

समाचार एजेन्सी एएनआईका अनुसार चोकसीका वकिल विजय अग्रवालले भने, "उनका परिवारका सदस्यहरू चिन्तित छन् र उनीहरूले मलाई यस बारे फोनमा बताएका हुन्। हाल एन्टिगुवाको पुलिसले यो घटनाको अनुसन्धान सुरु गरेको छ।"

समाचार एजेन्सी पीटीआईका अनुसार, 'एन्टिगुवा न्यूजरूम' नामक स्थानीय मिडिया इन्स्टिच्यूटले पुलिस कमिस्नर एटली रोडलाई उदृत गर्दै लेखेको छ, 'पुलिस वेपत्ता भइरहेका भारतीय व्यापारी मेहुल चोकसीलाई खोज्दैछ।'

समाचारका अनुसार एन्टिगुवा र बारबुडाको नागरिकता लिएका चोकसीलाई अन्तिम पटक आइतबार टापुको दक्षिणी भागमा देखिएको थियो। पछि उनको कार भेटियो, तर उनको कुनै ठेगाना छैन।

हीरा व्यापारी मेहुल चोकसी र उनका भतिजा नीरव मोदीमाथि सरकारी बैंक पीएनबीले १३ हजार ५ सय करोड डुबाएको आरोप लगाएको छ। नीरव मोदी हाल लन्डन जेलमा छन् र उनको जमानत आवेदन धेरै पटक रद्द गरिएको छ।

उनी भारतमा प्रत्यार्पणको बिरूद्ध कानुनी लडाई लड्दैछ। त्यहि समयमा मेहुल चोकसी सन् २०१७ मा क्यारिबियन देश एन्टिगुवा र बारबुडाको नागरिकता लिएका थिए। जनवरी २०१८ को पहिलो हप्ता भारतबाट भागेका थिए। 

प्रतिक्रिया दिनुहोस