aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोरोनाबाट मृत्यु भएका आफ्ना कर्मचारीको परिवारलाई टाटा स्टिलले तलब-सुबिधा दिइरहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ जेठ २०७८
कोरोनाबाट मृत्यु भएका आफ्ना कर्मचारीको परिवारलाई टाटा स्टिलले तलब-सुबिधा दिइरहने

एजेन्सी। भारतको ठुलो स्टिल कम्पनी मध्येको एक टाटा स्टिलले कोभिड १९ को कारणले मृत्यु भएका भारतमा रहेका आफ्ना कर्मचारीहरूको परिवारलाई नियमित तलब भुक्तानी जारी राख्ने भएको छ।

कम्पनीले मृतकका आश्रित परिवारलाई पारिश्रमिक, घर र मेडिकल सुविधा प्रदान गर्ने जनाएको छ। यो सुबिधा आश्रित परिवारले त्यो बेलासम्म पाउनेछन् जुनबेला ति मृत्यु हुने कर्मचारीको उमेर ६० बर्ष वा सेवानिवृत्त हुने बेला सम्म पुग्दैन।

कम्पनीले ती कर्मचारीहरूको बच्चाहरूको स्नातकसम्म शिक्षाको खर्च वहन गर्ने पनि घोषणा गरेको छ। टाटा स्टीलको यो कदमको सामाजिक संजालमा धेरै भैरहेको छ।

यसभन्दा पहिले ओयो रूमले कोरोना संक्रमणका कारण मर्ने कर्मचारीका परिवारका लागि सहयोग घोषणा गरेका थिए। कम्पनीले मृतक कर्मचारीहरूको परिवारलाई आठ महिनाको तलब र ५ बर्षको लागि उनीहरूको बच्चाको शिक्षा खर्च व्यहोर्ने घोषणा गरेको थियो।

यस बाहेक, गिलास बनाउने कम्पनी बोरोसिलले पनि कोभिड १९ को कारण मर्ने कर्मचारीका आफन्तहरुलाई आउँदो दुई वर्षको तलब दिने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस