aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

पाकिस्तानले पनि शुरुगर्यो कोरोना विरुद्धको खोप उत्पादन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ जेठ २०७८
पाकिस्तानले पनि शुरुगर्यो कोरोना विरुद्धको खोप उत्पादन

एजेन्सी। पाकिस्तानले चिनियाँ विज्ञको सहयोगमा कोरोना भाइरस विरुद्धको खोप निर्माण गरेको छ। गत महिना यो खोपको कच्चा पदार्थ इस्लामाबाद ल्याएपछि पाकिस्तानले समेत यो सफलता प्राप्त गरेको हो। 

एनआईएचका अनुसार चीनको सिङ्गल डोज मात्र लिँदा हुने क्यानसिनो कोभिड १९ भ्याक्सिन यस महिनाको अन्त्यसम्म पाकिस्तानका नागरिकहरूलाई उपलब्ध हुनेछ।

पाकिस्तानी समाचार संस्था नेशनका अनुसार चीनको सहयोगमा कुल १ लाख २४ हजार डोज खोपहरू विकसित गरिएको छ। तिनीहरूलाई स्थानीय प्याकेजिङ  गरी वितरण गरिने छ।

स्थानीय रूपमा बनाइएको कोभिड १९ चिनियाँ खोपलाई पाकभ्याक नाम दिइएको छ। अप्रिलमा एनआईएचका अधिकारीहरूले तिनीहरूले मेमा क्यानसिनो बायो इन्स्टिच्युटको सहयोगमा कोरोनाभाइरस विरुद्धको खोपको स्थानीय उत्पादन सुरु गर्ने बताएका थिए।

एनआईएच अधिकारीका अनुसार खोपका लागि कच्चा पदार्थ मेको सुरुमा पाकिस्तानमा पुगेपछि यो खोप उत्पादन तुरुन्तै सुरु गरिएको थियो।

प्रतिक्रिया दिनुहोस