
नयाँ दिल्ली । मुलुकमा भारतको उपस्थिति बढाउन यस वर्ष माल्दिभ्सको अदु शहरमा भारतीय नयाँ वाणिज्य दूतावास खोलिने छ। माल्दिभ्समा एक महावाणिज्य दूतावास खोलिने प्रस्तावलाई केन्द्रीय मन्त्रीद्वारा मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकमा स्वीकृत गरिएको छ।
यो निर्णय महत्वपूर्ण छ किनकि भारत र माल्दिभ्समा जातीय, भाषिक, सांस्कृतिक, धार्मिक र व्यापारिक सम्बन्ध साझा रहेकोले पुरातनता रहेको छ। ूमाल्दिभ्सले भारत सरकारको नेबरहुड फर्स्ट नीति र सागर )सबै क्षेत्रमा सुरक्षा र बृद्धि) दृष्टिमा महत्वपूर्ण स्थान ओगटेको छ,” मन्त्रिपरिषद्को बैठक पछि जारी गरिएको एक आधिकारिक विज्ञप्तिमा भनिएको छ।
नयाँ वाणिज्य दूतावासले माल्दिभ्समा भारतको उपस्थितिलाई विद्यमान र महत्वाकांक्षी को स्तर अनुरुप बनाउने छ। विज्ञप्तिमा भनिएको छ। प्रधानमन्त्री मोदी र राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको नेतृत्वमा द्विपक्षीय सम्बन्धको गति र उर्जा अभूतपूर्व तहमा पुगेको छ।
भारत सरकारका अनुसार वृद्धि र विकासको राष्ट्रिय प्राथमिकता वा ुसबको साथ सबको विकासु को लक्ष तर्फ पनि यो कदम अग्रगामी कदम हो। भारतको कूटनीतिक उपस्थिति बढाउँदा भारतीय कम्पनीहरूको बजार पहुँच बढ्नेछ र सामान र सेवाको भारतीय निर्यातलाई सशक्त बनाउनेछ।
यसको सीधा असर ुआत्मनिर्भर भारतु को लक्ष्यको अनुरुप घरेलु उत्पादन र रोजगारीको बृद्धि गर्नमा पर्नेछ। भारत र माल्दिभ्सले १९८१ मा एक व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए, जसले आवश्यक वस्तुहरूको निर्यातको लागि प्रावधान प्रदान गर्दछ। २०२० मा, भारतको‐ माल्दिभ्स द्विपक्षीय व्यापार को मूूल्य २९०.२७ अमेरिकी डलर मा रहेको छ। इण्डिया न्युजनेटवर्क
प्रतिक्रिया दिनुहोस