aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

पाकिस्तानमा भोलिदेखि खोपका लागि नाम दर्ता शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ जेठ २०७८
पाकिस्तानमा भोलिदेखि खोपका लागि नाम दर्ता शुरु

इस्लामावाद । पाकिस्तानमा भोलि बिहीबारदेखि  कोरोनाभाइरस विरुद्धको खोप लगाउन नाम दर्ता शुरु गरिने भएको छ । कोरोनाभाइरसको तेस्रो चरणको महामारीमा मानवीय क्षति न्यूनिकरण गर्ने उद्देश्यले खोप लगाउने अभियान शुरु गर्न लागिएको सरकारी उच्च अधिकारीले बताएका छन् । 

पाकिस्तानका केन्द्रीय योजना, विकास मन्त्री असद उमारले बिहीवारदेखि कोरोना विरुद्धको खोप लगाउनका लागि नामावली दर्ता गराउन थालिने बुधबार जानकारी दिए । सामाजिक सञ्जाल ट्वटरमार्फत उनले नेस्नल कमाण्ड तथा अपरेसन सेन्टर (एनसीओसी)ले नामावली दर्ता गराउने जानकारी दिएका हुन । 

“एनसीओसीको आजको बैठकले भोलि बिहीबारदेखि नाम दर्ताशुरु गर्ने निर्णय गरेको छ,” उनले ट्वीटरमा लेखेका छन । खोप १९ वर्ष वा सोभन्दा माथिका सबैलाई लगाउने योजनाअनुसार सोही उमेर समूहका व्यक्तिको मात्रै नाम दर्ता गराइने उनले बताए । खोप अभियानले कोरोनाभाइरसबाट हुने क्षति न्यूनिकरण गर्न धेरै सहयोग गर्ने सरकारी अधिकारीले विश्वास व्यक्त गरेका छन् । एएनआई

प्रतिक्रिया दिनुहोस